Thursday, February 20, 2014

केही महत्वपूर्ण तथा उपयोगी जानकारीहरु:

1. नेपाल सरकारको बैधानिक कानुन 2004 घोषणा गर्ने व्यक्ति 'पद्म शमसेर' हुन।
2. 'नेपालको ढोका' भनेर वीरगञ्जलाई चिनिन्छ।
3. 'ऊ बाँच्न लायक छ, जो मर्नदेखि डराउँदैन' यो भनाई श्री 5 महेन्द्रको हो।
4. 'राजदरवारको पर्खाल नाघेर राजा त्रिभूवनलाई भेट्न जाने' ऐतिहाँसिक शक्तिशाली व्यक्तित्व टंक प्रसाद आचार्य हुन।
5. कन्या माग्न जाँदा बुबा आमालाई दुधको भारा तिर्न दस्तुर दिनुपर्ने परम्परा 'गुरुङ' जातिमा रहेको छ।
6. नेपालमा एस.एल.सी. वोर्डको स्थापना 1990 कार्तिक 16 मा भएको थियो, उक्त साल एस.एल.सी. मा फर्म 34 जनाले भरेकोमा 33 जना परीक्षामा सामेल भएका मध्य 19 जना उतीर्ण भए र त्यसमा महिलाको सङ्ख्या 1 मात्र थियो।
7. वि.सं. 2018 सालमा नेपाललाई 14 अञ्चल 75 जिल्लामा विभाजन गरेपछि 14 वटा अञ्चल शिक्षा कार्यलय र 75 वटा जिल्ला शिक्षा कार्यलय स्थापना भए।
8. त्रि.वि. को पहिलो कुलपति श्री 5 कान्ति राज्यलक्ष्मी हुन।
9. 'रिसलाई प्रेमले, झगडालाई मेलले र अँध्यारालाई प्रकाशले जितौँ', यो भनाई श्री 5 त्रिभूवनको हो।
10. वेदवेदाङ्गको अध्ययन अध्यापन गर्नेलाई उपाध्याय ब्राह्मन भनिन्छ, भने नक्षेत्रशास्त्र र ज्योतिषशास्त्रको अध्ययन अध्यापन गर्नेहरु ज्योतिषी हुँदै जैसी वन्न पुगे।
अत्यन्त जरुरी सूचना !!!
यहि फागुन 28 गते लोकसेवा आयोगले राजपत्र अनंकित दित्तिय श्रेणी ,खरिदार पदको विज्ञापन आह्वान गर्दैछ !!
जसको लागि योग्यता एस एल सि वा सो सरह उत्तिर्ण हुनुपर्नेछ !!
साथै गत माघ 29 गते खुलेको प्राविधिक नायब सुब्बाको फर्म भर्ने म्याद यहि फागुन 20 गते सम्म छ !
याद राख्नुपर्ने सात भनाइहरू
----------------------------
१. रिस उठेको बेला दशपल्ट सोचेर र सारै रिस उठेको बेला हजार पल्ट सोचेर मात्र बोल । - जेफरसन
२. सुधार बेगरको पश्चत्ताप प्वाल बन्द नगरी डुंगा भित्रको पानी फ्याँके जस्तै हो । - पामर
३. मनन नगरी अध्ययन गर्नु र नपच्ने गरी खानु एकै हो । - वर्क
४. जो थोरै शब्दमा धेरै शुन्दर कुरा गर्न सक्छ, त्यही विद्वान हो । - कालिदास
५. बलियो आत्मविश्वस र दरिला फाखुरा भए कुनै पनि कुरा असंभव छैन । - लङ्फेलो
६. जीवन बाँच्नका लागि मात्र होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ । - मार्सल
७. प्रत्यकका उपदेश सुन तर तिमी भने थोरै मात्र उपदेश देऊ । - शेक्सपियर"
संभावित प्रश्न र तिनका उत्तर
१. एसियामा कती वटा भूपरिवेस्ठित देश रहेका छन ? - १२ वटा
२. च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ? - दोलखा
३. दीपेन्द्र शिखर कुन जिल्लामा पर्दछ ? - ईलाम
४. हिमालकी रानी भनेर चिनिने व्यक्ती को हुन ?
५. विस्वको सबैभन्दा उचाइमा रहेको विमानस्थल कुन हो ? - स्यान्बोचे बिमानस्थल (सोलुखुम्बु )
६. नेपालको अरुण नदी तिब्बातमा के नाम ले चिनिन्छ ?- फुजुङ
७. शंकरआचार्य द्वार कहाँ रहेको छ ? - विरगन्ज
८. नेपालमा धान पछी बढी उत्पादन हुने अन्न कुन हो ? - मकै
९. दोभान चौर कुन जिल्लाको नाम हो ? - सुर्खेत
१०. सिक्टा सिचाइ आयोजना कुन जिल्लामा सन्चालित छ ? - बाके
११. ईलाम डाँडा नामक झरना कुन जिल्लामा पर्दछ ? - ताप्लेजुङ्
१२. नेपालको भित्री मधेशमा कती वटा जिल्ला पर्दछन ? - ७
१३. नयाँ मुलुक भन्नाले कुन कुन जिल्ला लाई चिनिन्छ ? - बाँके,बर्दिया , कैलाली, कंचनपुर
१४. नेपालमा बग्ने महाकाली नदी लाई भारतमा पुगेपछी के भनिन्छ ? - शारदा
१५. देउती बज्यैको मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?- सुर्खेत
१६. फु गाविस कुन जिल्लामा पर्दछ ? -
मनाङ
१७. नेपालका कतिवटा जिल्लालाई चिया क्षेत्र घोषणा गरिएको छ ?- ५
१८. खोकना के का लागि प्रसिद्द छ ? - तेल
१९. नेपालले भारतका कती वटा प्रान्तमा छोएको छ ??- ४ (सिक्किम,पस्चिम बंगाल ,बिहार र उत्तर प्रदेश )
२०. सप्त गण्डकीको सबैभन्दा सानो सहायक नदी कुन हो ? - त्रिसुली
२१. बातावरण सन्तुलनमा राख्न नेपालमा न्युनतम कती प्रतिशत वनजंगल हुनु आवश्यक छ ? - ४३ %
२२. ओजन तह संरक्षण दिवस कहिले मनाइन्छ ? - सेप्टेम्बर १६
२३. सालीकराम पाइने विस्वको एकमात्र नदी कुन हो ?- कालिगण्डकी
२४. ताराखसेको पोखरी कुन जिल्लामा पर्दछ ? - सिन्धुपाल्चोक
२५. चितवन राष्ट्रिय निकुन्जले कुन कुन जिल्ला ओगटेको छ ? - चितवन, मकवानपुर, पर्सा
२६. आलु र गोलभेडा फल्ने एउटै बोटलाई के भनिन्छ ? - पौनेटो
२७. पेपेर टाइगर भन्नाले कुन देशलाई बुझिन्छ ? - भारत
२८. सुकेटार विमानस्थल कुन जिल्लामा पर्दछ ?- ताप्लेजुङ्
२९. कामिनी दहकुन जिल्लामा पर्दछ ? - बारा
३०. नेपालमा कती प्रकारका जलवायु पाईन्छ ? - ५ प्रकार
 About World Wide Fund for Nature (WWF)

An international non-governmental organization working on issues regarding the conservation, research and restoration of the environment.
Founded: April 29, 1961.
Headquarters: Gland, Vaud, Switzerland.
Mission: To stop the degradation of the planet’s natural environment and to build a future in which humans live in harmony with nature.
Focus: On the conservation of three biomes that contain most of the world’s biodiversity: oceans and coasts, forests, and freshwater ecosystems.
Also concerned with endangered species, pollution and climate change.
-
 सन् २०११ को अवधीमा नेपालमा गैंडाको मुख्य बासस्थान मानिने चितवन राष्ट्रिय निकुन्जमा गैंडाको चोरी शिकारी नभएकोले गैंडा नमारिएको १ वर्ष पुग्ने मिति २०१२ जनवरी ३ मा वन मन्त्रालयले सन् २०११ लाई जिरो पोचिङ वर्ष २०११ घोषणा गरेको छ ।
- सन २०१२ को गणना अनुसार चितवन राष्ट्रिय निकुन्जमा ५०३ गैंडा रहेका छन ।
- सन् २०१२ मा ब्रम्हाण्डको निहारिकामा थप दुईवटा ब्ल्याक होल पत्ता लागेका छन ।
- सन् २०११ मा ध्वनीभन्दा तिब्र विमान (६,००० कि.मी. प्रतिघण्टा) अमेरिकी बैज्ञानिकले बनाएका छन ।
- २०६५/७/८ बाट नेपाल संबतलाई राष्ट्रिय संबत घोषणा गरिएको छ ।
..Its Love..!

एउटा केटाले एउटी केटीलाई धेरै मनपराउँथ्यो । एक दिन केटाले उक्त केटीलाई प्रेम प्रस्ताव राख्यो तर केटीले भनी 'तिम्रो एक महिनाको तलब त मेरो एक दिनको खर्च हो, so i can't love u' उसको प्रस्तावलाई अस्वीकार गरिदिई..तैपनि त्यो केटाले उक्त केटीलाई मनपराइ नै रह्यो । दश वर्ष पछि त्यो केटी आफ्नो पतिलाई भेट्न पतिले काम गर्ने कम्पनीमा जाँदा उहि उसलाई मनपराउने केटासँग अचानक भेट भयो । केटीले भनि 'मेरो पति एक ठूल.ो कम्पनीमा काम गर्नुहुन्छ, अहिले उहाँको तलब महिनाको एक लाख छ.. उक्त केटाको आँखाभरि आँसु भरिएर आए...

एकै क्षणमा त्यस केटीको पति पनि त्यहाँ आइपुग्यो र भन्यो 'सर तपाई यहाँ ?' अनि आफ्नी पत्नीलाई चिनाउँदै भन्यो, 'उहाँ मैले काम गर्ने कम्पनीको मालिक हुनुहुन्छ' । वर्षमा दुई हजार करोडको टर्नओवर छ सरको । अनि भन्यो कि सरले एउटी केटीलाई चाहनुहुन्छ/मनपराउनुहुन्छ त्यसैले आजसम्म बिवाह गर्नुभएको छैन..

..Its Love..!

जीन्दगी एक पलको गुलाम हैन.. मात्र समयले यसलाई आफ्नो गुलाम बनाएको छ !
यस्तो थियो भ्यालेन्टाइन र जुलियाको प्रेम !

भ्यालेन्टाइन डेको सुरुआत अंग्रेजी सम्वत तेस्रो शताव्दीतिर भएको हो । रोमन तानाशाही शासक क्लाउडिअस दोस्रोले मृत्युदण्ड दिएको उसको सिपाही भ्यालेन्टाइन्स र उसको भगवानप्रतिको आस्था अनि जुलियाप्रतिको प्रेम बलिदानीसित गाँसिएको छ यो इतिहास ।
क्लाउडिअसले आफ्ना नागरिकलाई १२ वटा भगवानको मात्र पूजा गर्न आदेश दिएका थिए । आदेश नमान्नेलाई मृत्युदण्ड गर्ने घोषणा गरे । तर भ्यालेन्टाइन्स प्रतिवद्ध इसाइ थिए । उनी आफ्नो धार्मिक आस्थामा डगमगाएनन् । शासकको आदेश उल्लघंन गरे । उनको व्यवहारबाट क्लाउडिअस क्रुद्ध भए । भ्यालेन्टाइन्स पक्राउ परे अनि मृत्युदण्ड दिइयो ।
मृत्युदण्डको मिति तोकिएको केही साताको अवधि भ्यालेन्टाइन्सका लागि निकै अर्थपूर्ण रह्यो । जेलरले उसलाई जुलियासित भेटाउने प्रस्ताव ल्याए । जुलिया जन्मजात दृष्टिविहीन, तर सौन्दर्य र तीक्ष्ण दिमागकी थिइन् ।
उनीहरुबीच रोमको इतिहासबारे ज्ञान आदान-प्रदान भयो । भ्यालेन्टाइन्सले प्रकृति र विश्वको बारेमा व्याख्या गरे । जुलियाले पनि उसकै आँखामार्फत् विश्व बुझिन् ।
‘भ्यालेन्टाइन्स, के भगवानले हाम्रो प्रार्थना सुन्छन् त ? ‘ एकदिन जुलियाले सोध्दा भ्यालेन्टाइन्सले भनेका थिए- ‘हो जुलिया, उनले हामी प्रत्येकको प्रार्थना सुन्छन्’ ।
‘तपाईंलाई थाहा छ, म हरेक विहान र साँझ के प्रार्थना गर्दछु ?’ मैले भगवान देख्न सकूँ, तपाईंले सुनाएको हरेक कुरा आफैले देख्न सकूँ’ जुलियाले भनेकी थिइन् ।
भ्यालेन्टाइन्सको जवाफ थियो- ‘भगवानले हामी सबैको प्रार्थना सुन्छन्, तर हामीले उहाँलाई पुरा विश्वास गर्नुपर्छ ।’ ‘ओहो, त्यसो भए त !’ जुलियाले तत्कालै घूँडा धसिन् र हात उठाए
प्रार्थना थालिन् । उनीहरु दुबै शान्तिपूर्वक प्रार्थनामा बसे । त्यहीबेला भर्गोज्योति (चम्किलो किरण) उनीहरु बसेको जेल कक्षमा पस्यो । अचम्मित हुँदै जुलिया चिच्याइन् , ‘भ्यालेन्टाइन्स, मैले देखें, मैले देखें ।’ ‘भगवानको कृपा प्राप्त भएको हो’ भ्यालेन्टाइनसले व्याख्या गरे अनि फेरि बसे प्रार्थनामा ।
मृत्युदण्डको अघिल्लो रात भ्यालेन्टाइन्सले जुलियाको नाममा अन्तिम पत्र लेखे । पत्रमा जुलियालाई भगवानको समीप रहन सुझाएका थिए । ‘तिम्रो भ्यालेन्टाइन’ भन्दै पत्रको पुछारमा हस्ताक्षर गरेका थिए । उसको सो वाक्यांश भोलिपल्ट नै चर्चित भयो । उसको पत्र भोलिपल्ट (१४ फेब्रुअरी, २७० इस्वी सन्) जेलको गेटमा टाँसियो । सोही दिनको सम्झना हो, भ्यालेन्टाइन दिवस ।
भ्यालेन्टाइन्सको शव रोमको प्राक्जाडिस चर्चमा गाडियो । उसको चिहानमा जुलियाले गुलाबी बदामको बोट रोपेर प्रेमभाव दर्शाएको मान्यता पनि छ । अचेल बदामको बोटलाई प्रेम र मित्रताको प्रतीक मानिन्छ । हरेक फेबु्रअरी १४, सन्त भ्यालेन्टाइन र उसले भगवान तथा जुलियाप्रति दर्शाएको प्रेमभावको सम्झना गर्दै, मनाउँदै आएका छौं । प्रेम, भ्रातृत्व, त्याग आदि आदान-प्रदान गरी विश्वमा आत्मीय विस्तार गर्नुपर्ने भ्यालेन्टाइन डेको मर्म हो ।
जिन्दगीको पूर्वाधार निर्माणका लागि माया प्रेमको घटना घटाउन उत्सुक नव प्रेमी प्रेमिका र प्रेमको न्यानोपन प्राप्त गरिरहेका सबै जोडीमा हार्दिक शुभकामना प्रेम दिवसको । 
१४ फेब्रवरिइ पछी चाही सबैको माया, समय,गुलाफको फुल, न्यानो अङ्गालो, भावनाका शब्दहरुको अन्त्य नहोस् ।

 यी हुन् हराएको जहाजका पाइलट र एयरहोस्टज

यी हुन् हराएको जहाजका पाइलट र एयरहोस्टज

नेपाल वायुसेवा निगमको पोखराबाट जुम्ला जाँदै गर्दा बेपत्ता भएको जहाजका पाइलट शंकर श्रेष्ठ करिब ४५ वर्षका थिए। निगमका अनुभवी चालक श्रेष्ठको स्थायी घर हेटौडा हो। उनी ललितपुर सानेपामा बस्छन्।

कोपाइलट रवीन्द्र बन्जाराले मलेसियाबाट पाइलट तालिम गरेका हुन्।
काठमाडौँकी एयरहोस्टेज मुना महर्जन केही वर्षदेखि निगममा कार्यरत छिन्। विमानमा एक सैनिक मेजर पनि यात्रारत थिए।

दुर्घटनामा परेको नाइन एनएबीबी विमान ४२ वर्षदेखि निगमको उडान भर्दै आएको थियो।

भर्खरै प्राप्त खबर अनुसा
हराईरहेको नेपाल वायू सेवाको बिमान अर्घाखाँचीको खिदिम जंगलमा खसेको अनुमान गरिएको छ । जंगलमा आगलागी भइरहेको र घटनास्थलतर्फ प्रहरी जाँदै गरेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए ।

यो स्थान अर्घाखाँची, गुल्मी र पाल्पाको सिमानामा पर्छ ।
सफल अवतरण गरेको खबर सुन्न पाइयोस् ।
..........................................................
नेपाल वायु सेवा निगमको जहाज १८ यात्रुसहित वेपत्ता :
नेपाल वायुसेवा निगमको काठमाडौँबाट जुम्लाका लागि उडेको ट्विनअटर जहाज आज दिउँसो १ बजेर १३ मिनेटदेखि सम्पर्क विहिन भएको छ। १८ जना सवार विमानमा ३ जना चालक दलका सदस्य थिए। पोखरा-जुम्ला रुटमा विमान वेपत्ता भएको विमानले अन्तिम सम्पर्क भैरहवा विमानस्थलमा गरेको थियो। नागरिक उड्यान कार्यालयका अनुसार काठमडौबाट उडेको जहाज पोखरामा रिफ्युलिङ गरि जुम्ला उडेको थियो ।
करिब डेढ घण्टादेखि जहाज र विमानस्थल टावरको बिच सम्पर्कविहिन भएको पोखरामा रहेका सशस्त्रका एसएसपी दुर्गाबहादुर कुँवरले जानकारी दिए।

१ बजेर ७ मिनेट जादासम्म भैरहवा टावरसँग सर्म्पक भए पनि त्यस पछि नभएको टावर स्रोतले जानकारी दियो।

नेपाल एयर लायन्सको ९ एनएविडीको जहाज पोखराबाट जुम्लाका लागि १२ बजेर ४० मिनेट जाँदा उडेको थियो।

१८ जना यात्रु दिएर जुम्लाका लागि उडेको थियो। जहाजमा १४ यात्रु, एक बच्चा र ३ चालक दलका सदस्य रहेका थिए। जहाजको खोजीकार्य भैरहेको छ।

जहाज क्याप्टेन शंकर श्रेष्ठले उडाएका थिए।

कोपाइलट रवीन्द्र वञ्जारा र एअर होस्टस मुना महर्जन थिए।

राजधानी काठमाडौंको उत्तरतर्फ रहेको शिवपुरी डाँडामा हिउँ पर्न सुरु भएको छ ।

No comments:

Post a Comment