Tuesday, March 25, 2014

2070 साल चैत्रमा सोधिएका प्रश्नका उत्तरहरु |

भगवान शिवको नृत्य गर्दा को नाम के हो ?
उत्तर - नटराज
किराँत जातिको धार्मिक ग्रन्थलाई के भनिन्छ ?
उत्तर - मुन्धुम
पाटनको कृष्ण मन्दिर कुन शैलीमा बनाइएको छ ?
उत्तर - शिखर शैली
नेपालको पहिलो कृषि बैज्ञानिक हुतराम बैधको निधन कहिले भएको हो ?
उत्तर - बि.स. २०७० पौष ९
राष्ट्रिय लिग फूटबल को पुरुस्कार राशी कति छ ?
उत्तर - ७५ लाख
युनेस्को दिवस कहिले मनाइन्छ ?
उत्तर - नोवेम्बर ४
असंलग्न राष्ट्रहरुको १७औ शिखर सम्मेलन कहाँ हुदैछ ?
उत्तर - वेनेजुएला
विश्वको जनसंख्या ७ अर्ब कहिले पुग्यो ?
उत्तर - सन् २०११ अक्टोबर ११
सन् २०१३ को लागि ओस्कार पुरुस्कार कुन चलचित्रलाई दियिएको छ ?
उत्तर - '१२ इअर अ सलेव'
नेपालमा कुन जिल्लालाइ सर्बप्रथम बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरियो ?
उत्तर - भक्तपुर
नेपालमा पहिलो पटक बिज्ञान दिवस कहिले मनाइयो ?
उत्तर - बि.स. २०७० असोज १
दक्षिणी सुडान अफ्रिकाको कतिऔ राष्ट्र हो ?
उत्तर - ५४ औ
हाल नेपालमा कतिवटा मन्त्रालय रहेका छन ?
उत्तर - २७
इरानको राष्ट्रपति हसन रूहानी कहिले बिजय भए ?
उत्तर - सन् २०१३ जुन १५
५६औ सहकारी दिवस , २०६९ को नारा के थियो ?
उत्तर - स्वाधीन अर्थतन्त्रका लागि सहकारी
WHO को स्थापना कहिले भएको हो ?
उत्तर - सन् १९४८ अप्रिल ७
घोडाघोडी ताल कुन जिल्लामा पर्दछ ?
उत्तर - कैलाली
तीन हप्तादेखि हराई रहेको मलेशियाको बिमान कुन हो ?
उत्तर - MH370
नेपालको नया महान्यायाधिवक्ताको नाम भन्नुहोस ?
उत्तर - बाबुराम कुवर
तीन हप्तादेखि मलेशिया बाट हराइरहेको बिमान कुन हो ?
क. एम एच १७०
ख. एम एच २७०
ग. एम एच ३७०
घ. एम एच ४७०
घोडाघोडी ताल कुन जिल्लामा पर्दछ ?
क. चितवन
ख. रसुवा
ग. कैलाली
घ. कपिलवस्तु
नेपालको नया महान्यायाधिवक्ताको नाम भन्नुहोस ?
क. द्रोणराज रेग्मी
ख. दामोदर शर्मा
ग. बाबुराम कुँवर
घ. शुशिला कार्की
नारी दिवस विशेस |

नेपालको पहिलो महिला परराष्ट्रमन्त्री को हुन् ?
उत्तर - साहना प्रधान
नेपालको पहिलो महिला रक्षामन्त्री को हुन् ?
उत्तर - विधा भण्डारी
विश्वकी सबैभन्दा कान्छी गायिका को बनेकी छिन् ?
उत्तर - अतिथि के.सी.
ब्राजिलको वर्तमान राष्ट्रपतिको नाम भन्नुहोस ?
उत्तर - डिलमा रौसेफ्फ़
अन्तराष्ट्रिय मुद्रा कोष को प्रमुखको नाम भन्नुहोस ?
उत्तर - क्रिस्टिन ल्यागार्ड
म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आंग सांग सु कि कुन राजनैतिक दलकी प्रमुख हुन् ?
उत्तर - नेसनल लिग फर डेमोक्रेसी
विश्वको सबैभन्दा शक्तिशाली महिला को हुन् ?
उत्तर - जर्मन चान्सलर एन्जेला मर्केल ( समग्रमा पाँचौ )
'हयारी पोटर' शृंखला कि लेखिका को हुन् ?
उत्तर - जे.के. रोलिंग
नेपालको वर्तमान उर्जा मन्त्रीको नाम भन्नुहोस ?
उत्तर - राधा गवाली
दक्षिण कोरिया को पहिलो महिला राष्ट्रपतिमा को निर्वाचित हुनु भएकि छिन् ?
उत्तर - पार्क गियुन हाई ( सन् २०१३ फेब्रुअरी देखि )
हाल निजामती सेवामा कति प्रतिशत महिला कर्मचारी कार्यरत छन् ?
उत्तर - १२२९७ ( १५.३९ % )
सन् २०१३ को साहित्य तर्फको नोवेल पुरुस्कार कसलाई प्रदान गरियो ?
उत्तर - एलिस मुन्रो ( क्यानाडा )
संयुक्त राष्ट्र संघको महासभाको अध्यक्ष हुने प्रथम महिला को हुन् ?
उत्तर - बिजया लक्ष्मी पण्डित ( भारत )
सगरमाथा आरोहन गर्ने प्रथम महिला को हुन् ?
उत्तर - जुनको तावेई ( जापान )
मिस्स वर्ल्ड २०१३ को भईन ?
उत्तर - मेकंग यांग ( फिलिपिन्स )
मिस्स युनिवर्स २०१३ को भईन ?
उत्तर - ग्राबियाला इस्लार ( वेनेजुएला )
संसारकी सबै भन्दा होची महिला को हुन् ?
उत्तर - ज्योति अम्गे ( भारत )
सगरमाथाको आरोहन गर्ने प्रथम नेपाली नायिका को हुन् ?
उत्तर - निशा अधिकारि ( बि.स. २०७० जेठ ७ )
बेलायतको इतिहासमा सबैभन्दा बढी समय प्रधन्मन्त्रि पदको जिम्मेबारी बहन गर्ने को हुन् ?
उत्तर - मार्गरेट थ्याचर ( Iron Lady )
फोर्ब्स ले हालै सार्बजनीक गरेको सुची अनुसार विश्वका सर्बाधिक धनि व्यक्ति को सुची यसप्रकार रहेको छ |

१. बिल गेट्स ( अमेरिका )
२. कार्लोस स्लिम हेलू ( मेक्सिको )
३. एमंसियो ओर्टेगा ( स्पेन )
४. वार्रेन् बफ्फेट ( अमेरिका )
५. लार्री एल्लीसन् ( अमेरिका )
६. कार्लस कोच ( अमेरिका )
७. डेविड कोच ( अमेरिका )
८. सेल्दान एडेलसन् ( अमेरिका )
९. क्रिस्टी वाल्टन ( अमेरिका )
१०. जिम वाल्टन ( अमेरिका )

१४६५. बिनोद चौधरी ( नेपाल )

 २०७० साल फाल्गुनमा सोधिएका प्रश्नका उत्तरहरु |

BIMSTEC को चौथो सिखर सम्मेलन कहाँ हुनेछ ?
उत्तर - नेपाल
नेपालको इतिहासमा जिउदो सहीद कसलाई भनिन्छ ?
उत्तर - टंक प्रसाद आचार्य
अन्तराष्ट्रिय नारि दिवस कुन दिन मनाइनछ ?
उत्तर - मार्च ८
इजरायल को प्रधानमन्त्रिको नाम भन्नुहोस ?
उत्तर - बेन्जामिन नेत्याहू
किभ कुन देशको राजधानीको नाम हो ?
उत्तर - युक्रेन
विश्वमा हालसम्म कतिवटा देशमा संबिधान सभाबाट संबिधान निर्माण भएको छ ?
उत्तर - ४२
बि.स. २०७० जेठ ११ मा मनाइएको बुद्ध जयन्ति कति औ हो ?
उत्तर - २५५७ औ
हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष को हुनुहुन्छ ?
उत्तर - डा. रबिन्द्र कुमार शाक्य
डोलेश्वर महादेवको मन्दिर कुन जिल्लामा पर्दछ ?
उत्तर - भक्तपुर
फोर्ब्स को प्रतिबेदन अनुसार एसियाका सबैभन्दा धनि व्यक्ति को हुन् ?
उत्तर - लि क सिङ ( हंगकंग )
नेपालका कतिवटा जिल्लामा दुइदुइ वटा नगरपालिका रहेका छन् ?
उत्तर - ८
 
====८६ औ ओस्कार अवार्ड====

बेष्ट पिक्चरः टुवेल ईयर्स अ स्लेभ
बेष्ट एक्टरः म्याथ्यु म्याककनहे (डलास बायर्स क्लब)
बेष्ट एक्ट्रेसः केट ब्लान्चेट (ब्लु जस्मिन)
बेष्ट डाइरेक्टरः आलफोन्सो क्वारोन (ग्राभिटी)
बेष्ट ओरिजिनल स्क्रिनप्लेः स्पाइक जोन्ज (डलास बायर्स क्लब)
बेष्ट एडप्टेड स्क्रिनप्लेः जोन रिड्ली (टुवेल ईयर्स अ स्लेभ)
बेष्ट ओरिजिनल सङ्गः लेट इट गो (फ्रोजन)
बेष्ट ओरिजिनल स्कोरः स्टीभन प्राइस (ग्राभिटी)
बेष्ट प्रोडक्सन डिजाइनः क्याथरिन मार्टिन, बेभर्ली डन (द ग्रेट ग्यास्टबी)
बेष्ट इडिटिङः ग्राभिटी
बेष्ट सिनेमाटोग्राफीः इमानुएल लुबेज्की (ग्राभिटी)
बेष्ट सपोर्टिङ एक्ट्रेसः लुपिटा न्योङ’ओ (टुवेल ईयर्स अ स्लेभ)
बेष्ट साउन्ड इडिटिङः ग्राभिटी
बेष्ट साउन्ड मिक्सिङः ग्राभिटी
बेष्ट फरेन फिल्मः द ग्रेट ब्युटी (इटाली)
बेष्ट डकुमेन्ट्रीः ट्वान्टी फीट फ्रम स्टारडम
बेष्ट डकुमेन्ट्री (सर्ट): द लेडी इन नम्बर सिक्सः म्युजिक सेभ्ड माइ लाइफ
बेष्ट फिल्म (सर्ट): हिलीयम
बेष्ट भिज्युअल इफेक्ट्सः ग्राभिटी
बेष्ट एनिमेसनः फ्रोजन
बेष्ट सर्ट फिल्म (एनिमेसन): मिस्टर हुब्लो
बेष्ट मेकअप एण्ड हेय
रस्टाइलः अड्रुइथा ली एण्ड रबिन म्याथ्युज (डलास बायर क्लब)
बेष्ट कस्ट्युम डिजाइनः क्याथरिन मार्टिन (द ग्रेट ग्यास्टबी)
बेष्ट सपोर्टिङ एक्टरः जारेड लेटो (डलास बायर क्लब)
 
1 नेपालको परराष्ट्र नीतिका सुरुआतकर्ता कसलाई मानिन्छ ? उतर पृथ्वी नारायण शाह
2 वाङ्डुङ सम्मेलनमा कति राष्ट्रहरुले भाग लिएका थिए ? उतर 25 राष्ट्रहरु 
3 विश्ळ खाद्य कार्यत्रमको प्रधान कार्यालय कहाँ छ ? उतर रोम इटाली 
@RAJESHसन् २०१४ मा दुबईमा भएको U-19 क्रिकेट विश्व कपको उपाधि कुन देशले जितेको छ ?
क. भारत
ख. दक्षिण अफ्रिका
ग. अस्ट्रेलिया
घ. पाकिस्तान
संविधानसभाको उपाध्यक्ष पदमा को निर्वाचित भएका छन ?
क. राधा खड्गा
ख. ओनसरी घर्ति
ग. चित्रलेखा यादव
घ. माया गुरुङ
सहिद स्मारक रेड्बुल ए डिविजन 2070 प्रतियोगिताको उपाधि कुन टिमले जितेको छ ?
क. थ्री स्टार
ख. मनांग मर्सयांग्दी
ग. पुलिस कलब
घ. फ्रेन्ड्स कलब
५) तल दिएका समुहहरुमा नामिल्दो उत्तर छान्नुहोस
(क) चीन:बेइजिंग
(ख) अमेरिका:न्युयोर्क
(ग) बेलायत:लण्डन
(घ) फ्रान्स:पेरिस
(१) नेपाल सरकार र माओवादीबीच बि.स.२०६३ मङ्सिर ५ मा भएको बिस्तृत शान्ति सम्झौतामा कति दफाहरू रहेका छन् ?
(क) १२ दफा
(ख) १० दफा
(ग) ४ दफा
(घ) ७ दफा

 २०७० साल माघमा सोधिएका प्रश्नका उत्तरहरु |

गोसाईकुण्ड कुन जिल्ला मा पर्दछ ?
उत्तर - रसुवा
कुन महासागर त्रिभुज आकार को छ ?
उत्तर - प्रशान्त महासागर
कुन सार्क मुलुकमा नया संबिधान बनाउन ८ बर्ष ७ महिना लागेको थियो ?
उत्तर - पाकिस्तान
नेपालमा कतिवटा पुनराबेदन अदालतहरु रहेका छन ?
उत्तर - १६ वटा
टोक्ने बितिकै मर्ने किरा कुन हो ?
उत्तर - मौरी
भारतको कुन विमानस्थल सन् २०१२ मा विश्वकै सबैभन्दा महँगो विमानस्थल बन्न पुगेको थियो ?
उत्तर - इन्दिरा गान्धी विमानस्थल, नयादिल्ली
'एसियाको लास वेगास ' भनेर कुन ठाउलाई चिनिन्छ ?
उत्तर - मकाउ
नेपालमा कति प्रकारका संस्थानहरु रहेका छन् ?
उत्तर - ६ प्रकार
नेपालमा सर्बप्रथम सन् १९५० मा कुन हिमाल आरोहन गर्न स्विकृती दियिएको थियो ?
उत्तर - अन्नपुर्ण
नेपालको मुस्तांग जिल्ला स्थित प्रसिद्ध मुक्तिनाथ मन्दिर कहिले निर्माण भएको हो ?
उत्तर - बि.स. १८७१
ओस्कार अवार्ड पाउने पहिलो अभिनेत्री को हुन् ?
उत्तर - जेनेट गेनोर
नेपाल भन्दा २२० गुना सानो अरब मुलुक कुन हो ?
उत्तर - बहराइन
बि.स. २०७० फाल्गुन ७ गते कतिऔ प्रजातन्त्र दिवस मनाइयो ?
उत्तर - ६४ औ
राष्ट्रिय जनगणना २०६८ अनुसार मातृभाषा नेपाली भएका कति प्रतिशत नागरिक छन् ?
उत्तर - ४४.६ %
राट्रिय जनगणना २०६८ अनुसार मातृभाषा नेपाली भएका कति प्रतिशत नागरिक छन् ?
क. ४०
ख. ४३
ग. ४४
घ. ४४.६ 

 2070 माघमा सोधिएका प्रश्नका उत्तरहरु |

नेपालका नयाँ प्रधानमन्त्री को हुन् ?
उत्तर – सुशिल कोइराला
संबिधान सभा २ को जेष्ठ सभासद भनेर कसलाई चिनिन्छ ?
उत्तर – सुर्य बहादुर थापा
‘आफ्नै कुरा ‘ कसको कृति हो ?
उत्तर – गिरिजा प्रसाद कोइरला
हाल नेपालमा नगरपालिका र गा.वि.स. को संख्या कति छ ?
उत्तर – क्रमश ५८ र ३९१५
सन् २०१२ मा फिफा विश्व बर्ष खेलाडी को भएका थिए ?
उत्तर – लिओनेल मेस्सी
WTO का महानिर्देशक को हुनुहुन्छ ?
उत्तर – रोबेर्टो रेबिजेड़ो
नेपालको पहिलो ग्रामिण बिकाश बैंक कुन हो ?
उत्तर – पुर्वान्चल ग्रामिण बिकाश बैंक ( बि. स. २०४९ फागुन १७ )
सार्क क १२औ महासचिवका लागि नेपाल सरकारले कसको नाम सिफारिश गरेको छ ?
उत्तर – पर्यटन सचिब अर्जुन बहादुर थापा
संबिधान सभा २ को जेष्ठ सभासद भनेर कसलाई चिनिन्छ ?
क. महेन्द्र यादव
ख. सुर्य बहादुर थापा
ग. सुशील कोइराला
घ. के. पी. ओली
2070 माघमा सोधिएका प्रश्नका उत्तरहरु |

रसियाको सोंची सहरमा चलिरहेको हियुदे ओलम्पिक २०१४ कतिऔ हो ?
उत्तर – २२ औ
Sound Intensity कुन एकाइमा नापिन्छ ?
उत्तर – डेसिबल्
भारतका लागि पहिलो नेपाली राजदूत को थिए ?
उत्तर – सिंह समशेर जबरा
विश्वको सबैभन्दा प्रदुषित समुन्द्र कुन हो ?
उत्तर – Mediterrinian Sea
जलवायु परिवर्तनको जोखिममा रहेको राष्ट्रको सुचिमा नेपाल कतिऔ स्थानमा पर्दछ ?
उत्तर – चौथो
नेपालमा कतिवटा रास्ट्रीय निकुन्ज छन ?
उत्तर – १० वटा
पृथ्वीमा पाइने सबैभन्दा भारि तत्व कुन हो ?
उत्तर – युरेनियम
नेपालमा सवारीसाधनको प्रयोग कहिले देखि भएको हो ?
उत्तर – बि.स. १९९६
भिम्सेन थापाले कहिले नेपाल भारत बिच राहदानी प्रथ शुरु गरेका थिए ?
उत्तर – बि.स. १८६३
अफ्रीका महादेशको सबैभन्दा ठुलो देशको नाम भन्नुहोस ?
उत्तर – अल्जेरिया
विश्वको सबैभन्दा ठुलो दरबारको नाम भन्नुहोस ?
उत्तर - इम्पेरिअल पेलेस
विश्व
ब्यापार संगठनका हालसम्म कति सदस्य राष्ट्रहरु छन् ?
उत्तर – १६०
“The Diversity of Life” पुस्तकका लेखक को हुन् ?
उत्तर – इ. ओ विल्सन
अफ्रीका महादेशको सबैभन्दा ठुलो देशको नाम भन्नुहोस ?
क. इजिप्ट
ख. सुडान
ग. अल्जेरिया
घ. सेसेल्स
विश्व ब्यापार संगठनका हालसम्म कति सदस्य राष्ट्रहरु छन् ?
क. १५०
ख. १५५
ग. १६०
घ. १६५
शुपतिनाथलाई राजमान्यता कसले दिएका हुन् ?
(क) शिबदेब
(ख) अंशुबर्मा
(ग) भाष्कर बर्मा
(घ) यक्ष मल्ल
नेपालमा पहिलो पटक बिज्ञान दिवस कहिले मनाइयो ?
(क) बि.स. २०७० कार्तिक १ गते
(ख) बि.स. २०७० असोज १ गते
(ग) बि.स. २०७० भद्र २ गते
(घ) बि.स. २०६८ असोज ३ गते
विश्वको सबैभन्दा ठुलो दरबारको नाम भन्नुहोस ?
क. वेर्सेलिज दर्बार
ख. इम्पेरिअल पेलेस
ग. सिंहदरबार
घ. विक्टोरिया पेलेस
 
२०७० साल माघमा सोधिएका प्रश्नका उत्तरहरु ।

सन २०१४ को अष्ट्रेलियन ओपेनमा महिलातर्फको उपाधि कसले जित्यो ?
उत्तर - लि ना (चिन)
टाइफाइड रोग गराउने किटाणुको नाम भन्नुहोस ?
उत्तर - साल्मोनेला ताइफ़ि
संकेत लिपि का जन्मदाता को हुन् ?
उत्तर - सर आइज्याक पिटम्यान
पशुपतिको मन्दिरमा सुनको छाना चढाउने राजा को हुन् ?
उत्तर - शिवदेब
आफ्नो नाम पछि जबरा लेखन शुरु गर्ने राना प्रधानमन्त्री को हुन् ?
उत्तर - बिर समशेर
लिवछवीकालमा राजाको सचिब लाइ के भनिन्थ्यो ?
उत्तर - प्रतिहार
सबैभन्दा कान्छो जिल्ला कालिकोट कहिले घोसना भयो ?
उत्तर - बि.स. २०३२
१८ औ सार्क सिखर सम्मेलन कुन देशमा हुदैछ ?
उत्तर - नेपाल
नेपालले युनेस्को को सदस्यता कहिले प्राप्त गर्यो ?
उत्तर - सन् १९५३
म्याग्नाकार्टामा राजा जोनले कहिले हस्ताक्षर गरेका थिए ?
त्तर - सन् १२१५ जुन १५
न्युजिलैंडमा भएको विश्व कप क्रिकेट छनौट प्रतियोगितामा नेपाल कतिऔ स्थानमा रहन सफल भएको छ ?
उत्तर - नवौ
जनआन्दोलन २ को जिउदो सहीद भनेर कसलाई चिनिन्छ ?
उत्तर - मुकेश कायस्थ
नेपाल सरकारको सबैंधानिक अगं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यबस्था सबिंधानको कतिऔँ भागमा गरिएको छ ?
उत्तर - भाग ११
न्युजिलैंडमा भएको विश्व कप क्रिकेट छनौट प्रतियोगितामा नेपाल कतिऔ स्थानमा रहन सफल भएको छ ?
क. सातौ
ख. आठौ
ग. नवौ
घ. दशौ
 
************** ग्र्यामी अवार्ड २०१४ ********************

(१) एल्बम अफ द इअर :- रयान्डम एक्सेस मेमोरी (ड्राफ्ट पंक)
(२) संग अफ द इअर :- रोयल्स,लर्डे
(३) न्यु आर्टिस्ट :- म्याक्लेमोर र रयान लेविस
(४) रेकर्ड अफ द एयर :- गेट लकी, ड्राफ्ट पंक का साथै फ्यारेल विलियम्स र निल रोजर्स
(५) पप सोलो पर्फर्मेन्स :- रोयल,लर्डे
(६) पप भोकल एल्बम :- अनर्थोडक्स ज्युक्बक्स,ब्रुनो मार्स
नेपाल सरकारको सबैंधानिक अगं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यबस्था सबिंधानको कतिऔँ भागमा गरिएको छ ?
क. भाग १०
ख. भाग ११
ग. भाग १३
घ. भाग १४
२०७० साल माघमा सोधिएका प्रश्नका उत्तरहरु ।

उत्तरपुर्वी अमेरिकामा हालै कुन त्रासदि बाट सयौँ सर्बसाधारणको मृत्यु भएको छ ?
उत्तर - अत्यधिक जाडो
Institute Of Medical(IOM) को वर्तमान डिन को नाम भन्नुहोस ?
उत्तर - डा. शशी शर्मा ( अहिले हुनुहुन्न )
सन २०१८ को फुटबल विश्व कप कहाँ हुदैँछ ?
उत्तर - रसिया
सार्क देशमा सबैभन्दा बढी औसत आयु भएको राष्ट्र कुन हो ?
उत्तर - श्रीलंका
विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ ?
उत्तर - December 29
विफर विरुद्धको खोप पत्ता लगाउने वैग्यानिक को हुन ?
उत्तर - एडवर्ड जेनर
हिग्स बोसोनलाइ अर्को के नामले चिनिन्छ ?
उत्तर - इश्वरिय कण ( God Particle )
Dictionary को अविस्कारक को हुन ?
उत्तर - Robert Cowdrey
Europol को प्रधान कार्यालय कहाँ रहेको छ ?
उत्तर - हेग ( नेदरल्याण्ड )
सन २०१४ को फुटबल विश्व कप कहिलेदेखी शुरु हुदैँछ ?
उत्तर - जुन १२, २०१४
युरोपियन सेन्ट्रल बैकंका चेयरम्यानको नाम भन्नुहोस ?
उत्तर - मारियो ड्राघी
चर्चित पुस्तक From Palace to Prison का लेखक को हुन ?
उत्तर
- टेकनाथ रिजाल
सघिंय शासकिय प्रणाली अवलम्वन गर्ने विश्वको पहिलो देश कुन हो ?
उत्तर - अमेरिका
आसियान को एकमात्र भुपरिवेष्ठित देशको नाम भन्नुहोस ?
उत्तर - लाओस
नेपालमा वातावरण सरछंण परिषदको स्थापना कहिले भयो ?
उत्तर - वि.स. २०५०
उत्तरपुर्वी अमेरिकामा हालै कुन त्रासदि बाट सयौँ सर्बसाधारणको मृत्यु भएको छ ?
क. बाढी
ख. भुकम्प
ग. अत्यधिक जाडो
घ. अत्यधिक गर्मी

@Ujjaw
२०७० साल पौषमा सोधिएका प्रश्नका उत्तरहरु ।

वर्तमानको महालेखापरिक्छकको नाम भन्नुहोस ?
उत्तर - भानु प्रसाद आचार्य
राष्ट्रिय महिला क्रिकेट २०७० को उपाधि कुन क्षेत्रले जितेको छ ?
उत्तर - एपीएफ
सन २०१३ को FIFA प्लेयर अफ द इयर पुरुषतर्फको उपाधी कसले पाए ?
उत्तर - क्रिस्टियानो रोनाल्डो
नेपाल टेलिकमको नयँा प्रबन्ध निर्देशकको नाम भन्नुहोस ?
उत्तर - अनुप रंजन भट्टराइ
मन्त्रीपरिषदका अध्यक्छ खिलराज रेग्मी कहिले उक्त पदमा आसिन हुनुभयो ?
उत्तर - २०६९/१२/०१
WHO ले हालै कुन सार्क राष्ट्रलाइ औपचारिक रुपमा पोलियोमूक्त देश भनी घोषणा गरेको छ ?
उत्तर - भारत
नेपालको प्रथम प्रामाणिक राजा को हुन ?
उत्तर - मानदेव
चन्डी हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर - हुम्ला
टाढाको वस्तुको उच्चतम तापक्रम नाप्ने यन्त्र कुन हो ?
उत्तर - पाएरोमिटर
फ्रासंको राष्ट्रपतिको नाम भन्नुहो
उत्तर - फ्रान्कोइस हलाण्डे
प्रसिद्ध पपस्टार माइकल ज्याकसन को निधन कहिले भयो ?
उत्तर - सन २००९/०६/२५
सन् २०१३ को शान्तितर्फको नोबेल पुरुस्कार कुन सस्थंाले पायो ?
उत्तर - Organization for prohibition of chemical weapons
वर्तमानको शिक्छामन्त्री को नाम भन्नुहोस ?
उत्तर - माधव पौडेल
हुलाक सम्बन्धि जानकारी ।

तथ्याङ्क अनुसार देशभर ५ वटा क्षेत्रीय हुलाक निर्देशनालय छन्। यी मध्ये मध्यमाञ्चल बाहेकका ४ वटाले जिल्ला हुलाकको समेत काम गर्छन्। गोश्वारा हुलाक कार्यालय काठमाडौंमा मात्र छ। ७५ जिल्लामा जिल्ला हुलाक कार्यालय छन्। इलाका हुलाक कार्यालयको संख्या ८ सय ४२ छ। यी मध्ये १ सय ७० ओटा हिमाली क्षेत्रमा छन्, ३ सय ७२ पहाडी क्षेत्रमा र ३ सय तराई क्षेत्रमा छन्। देशभर ३ हजार ७४ अतिरिक्त हुलाक कार्यालय छन्। ४ सय ९२ हिमाली क्षेत्रमा, १ हजार ५ सय ४१ पहाडी क्षेत्रमा र १ हजार ४१ अतिरिक्त हुलाक कार्यालय तराई क्षेत्रमा छन्।
 
- नेपालमा नौ प्रजातीका गिद्ध पाइन्छन् ।
- उत्पतिका आधारमा मानव अधिकारको बर्गिकरण:
क. प्रथम पुस्ता- नागरिक तथा राजनितिक अधिकार
ख. दोश्रो पुस्ता - आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकार
ग. तेश्रो पुस्ता - शान्ति, स्वच्छ वातावरण र विकासको अधिकार
घ. चौथो पुस्ता - सूचनाको हक र समलिङ्गी अधिकार
२०६९/६/१५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक स्याटेलाइटमा आधारित प्रबिधि प्रयोग गरी पाइलटको सहायता बिना कतार एयरलाइन्सको जहाज २०० यात्रु सहित दोहाबाट काठमाडौं आएको थियो ।
- अमेरिकाकी इभ एन्सलरले नेतृत्व गरेको महिला हिंसा बिरुद्बको उर्लदो सय करोड अभियान नेपालमा २०६९/६/७ मा सम्पन्न भएको थियो ।
- सन् २०१२ मा विश्वभरी नै बिरोध गरिएको अमेरिकामा निर्मित मुस्लिम सम्बन्धी चलचित्र इनोसेन्स अफ मुस्लिम हो ।
- टर्कीमा सम्पन्न लिटिल मिस वर्ल्ड २०१२ नेपालकी १२ वर्षीय सुप्रिया मास्के हुन ।
- सन् २०१२ मा एन पिस अर्वाड विजेता साधुराम पौडेल र राधा पौडेल हुन
 जिल्ला जानकारी - 
संखुवासभा

सङ्खुवासभा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा अवस्थित हिमाली भेगको एक दुर्गम जिल्ला हो। यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा सोलुखुम्बू र भोजपुर जिल्ला, उत्तरमा चीनको तिब्बत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा रहेको छ। यसले नेपालको कुल क्षेत्रफलको २.३६%, पूर्वाञ्चल विकास क्षेत्रको १२.१९% र कोशी अञ्चलको ३५.६८% भू-भाग ओगटेको छ। समुन्द्री सतहदेखि ४५७ मिटर (संसारको सबैभन्दा होचो अरुण उपत्यका) देखि विश्वको पाँचौं अग्लो हिमशिखर मकालु ८४६३ मिटरसम्मको उचाईमा रहेको यो जिल्ला २७ डिग्री ६' उत्तरदेखि २७ डिग्री ५५' उत्तरी अक्षांशसम्म र ८६ डिग्री ५७' पर्वदेखि ८७ डिग्री ४०' पूर्वी देशान्तरसम्म फैलिएको छ। उत्तरतर्फ फराकिलो भागमा मनोरम हिमाली श्रृंखलाहरूले सजिएको यस जिल्लाको दक्षिणतर्फ साँगुरिएको भागमा वसोवासयुक्त पहाडी भूभाग रहको छ। यस जिल्लाको आर्थिक श्रोत कृषिमा निर्भर रहेको छ। आर्थिकरूपले सक्रिय जनसंख्या ६०.७३% भएपनि त्यसको ७७.६२% कृषिमा र २२.३८% गैरकृषि पेशामा निर्भर छन।

जिल्लाको नामाकरण

यस जिल्लाको नाम पश्चिमबाट बहने संखुवाखोला र बीचभागबाट बहने सभाखोलाको सन्धि गरी संखुवासभा जिल्ला रहन गएको हो। शुरुमा यी दुई खोला बीचमा पर्ने भू-भागलाई संखुवासभा भनिने गरिन्थ्यो। तिथिमिति एकिन नभएपनि प्रशासनिक हेरफेरले गर्दा निकै समय पछिमात्र हालको संखुवासभा जिल्लाको स्वरूप निर्धारण भएको हो।
जिल्लाको ऐतिहासिक पृष्ठभूमि
वैदिक कालदेखि नै संखुवासभा जिल्लाको महत्व रहदै आएको छ। सो समयमा शिवपार्वतीको कि्रडास्थल मानिने शिवधारा वेदव्यासले भगवान शिवशंकरसंगको प्रार्थनापछि सिद्दिविनायक गौरीपुत्र गणेशको सहयोगमा पोखरीको बीचमा वेदिको निर्माण गरी वेदको लेखन गरेको स्थान सभापोखरी स्वस्थानी व्रतकथामा वर्णित सतीदेवीको देब्रे आँखा पतन भएको स्थान सिद्धकाली जस्ता पौराणिक महत्व भएको स्थलहरूले सोको प्रमाणित गर्दछ।
एकिकरण पूर्व तीन राज्यमा विभाजित किराँत राज्यमा संखुवासभा जिल्ला पल्लो किराँत अन्तरगत पर्दथ्यो। किराँत कालमा यस जिल्लाका विभिन्न स्थानहरूमा गढि गोला कोट आदि भएको तथ्य हाल सो अनुसार रहेको गाँउहरूको नामाकरण (हटियागोला गढि बजार लोहाकोट आदि)ले पुष्टि गर्दछन्। जस अनुसार गढि तथा कोटमा शासकहरूको दरवार हुने गर्दथ्यो भने गोलामा त्यस ताकाको अन्नपानी तथा हातहतियारको भण्डार रहने गर्दथ्यो। हाल जिल्ला प्रहरी कार्यालय रहेको स्थान जसलाई ढोलबाजे गढि भनिन्थ्यो तथा हाल हेलिप्याड रहेको स्थान सम्याउने कार्य गर्दा फेला परेका चिल्ला वुट्टेदार तथा बलिया ईट्टाहरू त्रिशुल तीर तरवार खुँडा आदिले परापूर्वकालमा उक्त स्थानमा कुनै ठूलो दरवार रहेको तथ्यलाई पुष्टि गर्दछन्। यस्ता गढि गोला तथा कोतहरूमा हेदाङ्गना गढि चैनपुर गोला हटियागोला कोतडाँडा (हाल हिमालय मा.वि. भएको स्थान वानेश्वर गढि आदि प्रसिद्ध रहेका थिए।
नेपाल राज्यको एकिकरणका क्रममा वि. सं १८३१ वैसाखमा चैनपुरको दक्षिणी भागमा रघुराना लिम्वूको नेतृत्वमा गोर्खाली सेनाहरू र किराँत राज्यका कांगेसोरेको नेतृत्वमा युद्ध भएको प्राप्त तथ्यहरूले यस क्षेत्रको एकिकरण त्यस समय पश्चात भएको पाइन्छ। राणाकालमा यो क्षेत्र धनकुटा गौंडा वडाहाकिमको प्रशासनिक क्षेत्र तथा चैनपुरका न्यायिक क्षेत्रभित्र पर्दथ्यो। त्यसताकाका वस्तीहरूलाई थुम भनिने गरिन्थ्यो र यो जिल्ला भित्र पनि विभिन्न थुमहरू दशमजिया (मादिविर्ता) पाचँ मजिया (खराङ्ग) देखि लिङलिङ दशथर थुम (चैनपुर देखि पोखरीबजार) त्यस्तै पाँच खपन थुम, सभा उत्तर थुम, संखुवा उत्तर थुम आदि पर्दथे।
 

भौगोलिक अवस्था

अक्षांश:- २७ डिग्री ०६” देखि २७ डिग्री ५५” उत्तर
देशान्तर:- ८६ डिग्री ५७” देखि ८७ डिग्री ४०” पूर्व
सिमाना:- पूर्व-ताप्लेजुङ र तेह्रथुम,पश्चिम-सोलुखुम्बू र भोजपुर,उत्तर चीनको तिब्बत, दक्षिण-धनकुटा र तेह्रथुम
क्षेत्रफल ३४६८.१७ वर्ग किलोमिटर
औसत लम्बाइ:- .... उत्तर– दक्षिण
औसत चौडाइ:- ..... पूर्व– पश्चिम
भौगोलिक अवस्था: हिमाली क्षेत्र
सबभन्दा अग्लो स्थान:- ८,४६३ मिटर (मकालु हिमाल, विश्वको पाँचौं सर्बोच्च शिखर)
सबभन्दा होचो स्थान:- ४५७ मिटर (अरुण उपत्यका, संसारको सबैभन्दा होचो उपत्यका)
सदरमुकाम:- खाँदबारी
भौगोलिक विविधताले गर्दा यहाँको हावापानी र प्राकृतिक वनस्पतिमा पनि विविधता पाइन्छ। यहाँ हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ। जैविक विविधता र प्राकृतिक संरक्षणको लागि मकालु वरुण राष्ट्रिय निकुन्ज र नेपालको राष्ट्रिय फुल लाली गुराँस संरक्षणको लागि तिनजुरे, मिल्के जलजले लालिगुराँस संरक्षण क्षेत्र पनि यहि जिल्लामा पर्दछन्। यस जिल्लाको कुल जमीनमध्ये ८।२७५ कृषियोग्य जमीन, ४०.३१% वन क्षेत्र, ११.३७% चरन तथा झाडी क्षेत्र, २७.३९% हिम तथा जल क्षेत्र र १२.६६% भू-भाग ढुङ्गा, भीरपाखा आदि रहेको छ।
यस जिल्लाको उत्तरी क्षेत्रमा मध्य भाग र दक्षिणी क्षेत्रमा पश्चिम सिमाना हुंदै सप्तकोशी नदीको सहायक नदी अरुण वगेको छ भने बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आ
प्सुवा, इखुवा, कासुवा, सिसुवाखोला लगायतका प्रमुख खोलाहरू यस जिल्लामा बग्दछन्। सभा खोलाको उत्पत्ती स्थल सभापोखरी र जिल्लाको दक्षिण पूर्वी भागमा रहेको गुफा पोखरी यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्वका पोखरीहरू हुन भने सिद्धपोखरी,पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि यहाँका प्रमुख पोखरीहरू हुन।
यहाँ धार्मिक तथा पर्यटकीय महत्वका रमणीय स्थलहरू मनकामना मन्दिर, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु प्रथम (८,४६३ मिटर), मकालु दोस्रो (७,६७८ मिटर), वरुनत्से (७,१२९ मिटर), चाम्लाङ्ग (७,३१९ मिटर), हिमचुली (६,४२४ मिटर), कुम्भकर्ण (७,१२९ मिटर), मकालु-बरूण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका, मिल्के डाडाँ आदि छन्। यहाँको चैनपुरे करुवाले स्वदेशमा मात्र नभई विदेशमा समेत प्रसिद्धि कमाएकोछ।
प्रमुख नदी, ताल, तलैया

अरुणनदी, बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा,कासुवा, सिसुवाखोला, सभापोखरी, गुफापोखरी, सिद्धपोखरी, पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि।
प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र[सम्पादन गर्ने]

मनकामना, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ, शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा मकालु प्रथम (८४६३ मी.), मकालु दोस्रो (७६७८ मी.), वरुनत्से (७१२९ मी.), चाम्लाङ्ग (७३१९ मी.), हिमचुली (६४२४ मी.), कुम्भकर्ण (७१२९ मी.), मकालु बरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका,मिल्के डाडाँ आदि।

व्यापारिक महत्वका स्थानहरू

तुम्लिङ्टार विमानस्थल
खाँदबारी, तुम्लि
ङ्टार, बैरेनी, चैनपुर, खराङ, त्रिबेणीबजार (बाह्रबिसे , जलजला, सित्तलपाटी, मादिओखरबोटे, आँखिभूईं, सिसुवाटार, सेदुवा मकालु, मुढेशनिश्चरे, किमाथान्का, गुफापोखरी आदि।

दुर्लभ जीवजन्तुहरू


रुखभालु, पाण्डा, ओत, हिमभालु, हिमचितुवा, बाघ, घोरल, झारल, मृग, चित्तल, हरिण, खरायो, काँडे भ्याकुर, झिंगे फिस्टो, पखेंटे भ्याकुरो आदि।

राजनैतिक विभाजन

२ वटा निर्वाचन क्षेत्र, ११ वटा ईलाका,१ वटा नगरपालिका, ३३ गाविस
— withसंभावित प्रश्न र उत्तर :

१. यसबर्षको राष्ट्रिय शिक्षा पुरस्कारबाट मध्य कुन सरकारी बिद्यालय पुरस्कृत भएको छ ?उत्तर= बेनी सामुदायिक मा वि म्याग्दि
२. पृथ्वीको सबैभन्दा गहिरो भाग कुनहो? उत्तर = मरियाना ट्रेन्च
३. 'असफल तारा'को उपनामले चिनिने ग्रह कुन हो? उत्तर= अरुण
४. हिन्दू परम्परामा Leap Year लाई के भनिन्छ? उत्तर= मलमास
५. विस्वको दोस्रो ठुलो मरुभुमी कुन हो? उत्तर= अस्ट्रेलियन मरुभुमी
६. विस्वको सबैभन्दा अग्लो स्थानमा भएको राजधानी कुन हो? उत्तर= लापाज (बोलिभिया)
७. रारा तालबाट निस्केको खोलाको नाम के हो? उत्तर = खत्याड
८. हिमाली हाब्रेको लागि कुन राष्ट्रिय निकुन्ज प्रख्यात छ? उत्तर = लाङटाङ
९. सबैभन्दा पहिले आरोहणको प्रयास गरिएको हिमाल कुन हो?उत्तर = अन्नपूर्ण
१०. विस्वको सबैभन्दा लामो पदयात्रा मार्ग कुन हो? उत्तर = ग्रेट हिमालयन ट्रेल
११. चमेलिया जल्विधुत आयोजना कुन जिल्लामा पर्दछ?उत्तर = दर्चुला
१२. हेलम्बु कुन जिल्लामा पर्दछ? उत्तर = सिन्धुपाल्चोक
१३ . प्रथम विस्व युद्धमा नेपालले कुनदेशलाई सहयोग गरेको थियो ?उत्तर = बेलायत
१४. राष्ट्रिय बिभुति अरनिको को जन्म कुनजिल्लामा भएको थियो?उत्तर = पाल्पा
१५. नेपा
लले शिक्षा दिवशकहिलेदेखि मनाउन थालेको हो ?उत्तर = २०३१ देखी
१६. यस बर्षको सर्वोत्कृष्टनिजामती पुरस्कार कसलाइ प्रदानगरिएको छ ?उत्तर = भाइकाजी तिवारी
१७. हालसम्मको सबैभन्दा लामो राजमार्गकुन हो?उत्तर = महेन्द्र राजमार्ग
१८. आँशुकवि भनेर नेपाली काव्यसाहित्यमा कसलाई चिनिन्छ ?उत्तर = शम्भु प्र . ढुङ्गेल
१९. च्याउ कुन डिभिजन अन्तर्गतपर्दछ ?उत्तर =थालोफाइटा
नेपालमा प्रधानमन्त्रीहरुका यी रोचक तथ्यहरु साथमा कुन प्रधानमन्त्री कहाँका ?

** नेपालमा पुस महीनामा कोही प्रधानमन्त्री भएका छैनन्। पुसमा हटाइएका प्रधानमन्त्री चाहिं बीपी कोइराला हुन्।

** महीनाको हिसाबले नेपालमा जेठ र चैतमा सात–सात, साउनमा पाँच, असार, भदौ, मंसीर, माघ र फागुनमा तीन–तीन, वैशाख र असोजमा दुई–दुई र कात्तिकमा एक जना प्रधानमन्त्री भए। त्यस्तै महीनाको हिसाबले नेपालमा जेठ र असारमा ६–६, चैतमा ५, साउनमा ४, वैशाख, मंंसीर र फागुनमा ३–३, भदौ, असोज र माघमा दुई–दुई, कात्तिक एक र पुसमा एक प्रधानमन्त्री पदमुक्त भए।

** जातीय हिसाबले प्रधानमन्त्री वा मूलकाजी भएकामा चौतरिया, दरबारिया बाहेकका ३८ जनामध्ये ब्राह्मण १४, क्षेत्री सात, राणा कुँवर क्षेत्री १२, ठकुरी तीन, नेवार एक, सन्न्यासी एक गरी ३८ जना छन्।

** ३६ जना प्रधानमन्त्रीमध्ये नामको अगाडि डा. लेख्ने के.आई. सिंह र तुलसी गिरी मेडिकल डाक्टर हुन् भने बाबुराम भट्टराई विद्यावारिधि।

** प्रधानमन्त्री भएकामध्ये रणजंग पाण्डे र डा. बाबुराम भट्टराई खोप्लाङ, गोरखाका हुन्। त्यसैगरी भीमसेन थापा र माथवरसिंह थापा बोर्लाङ, गोरखाका हुन्।

** पुर्ख्यौली घर गोरखा भएका प्रधानमन्त्री हालसम्म १९ जना छन्। यसैगरी पुर्ख्यौली घर
सिन्धुली भएका प्रधानमन्त्री हालसम्म ४ जना (सबै कोइराला परिवारका सदस्य) छन्।** बारका हिसाबले सोमबार १० पटक, बिहीबार र शुक्रबार सात–सात पटक, आइतबार र बुधबार पाँच–पाँच पटक र शनिबार एक पटक प्रधानमन्त्रीको पदभार ग्रहण भएको छ।

** सोमबार र बुधबार आठ–आठ पटक बिहीबार सात पटक, आइतबार र शुक्रबार पाँच–पाँच पटक, मंगलबार तीन पटक र शनिबार दुई पटक प्रधानमन्त्रीको पदमुक्ति भएको देखिन्छ।

** नेपालमा गत २०७ वर्षमा ६२ पटक प्रधानमन्त्री हेरफेर हुँदा बडाकाजी कालु
पाँडेदेखि खिलराज रेग्मी (अध्यक्ष) सम्म ३६ जनाले सरकार चलाएका छन्।
संभावित प्रश्न र उत्तर :

1. विश्वप्रसिद्ध Great Wall of China
कसले निर्माण गरेका हुन् ??
उत्तर = सम्राट सी ह्वाङ्गतीले

2. राणा शासनकालमा तराईका जिल्लाहरुलाई के भनिन्थ्यो ??
उत्तर = तहसिल

3. नेपालबाट सबैभन्दा नजिकको समुद्री किनार कहाँ रहेको छ ??
उत्तर = बङ्गालको खाडी

4. बाइबलमा सबैभन्दा बढि वर्णन
गरिएको नदि _______ हो ।
उत्तर = जोर्डन

5. नेपालमा निरन्तर मूल्याङ्कन
प्रणाली परीक्षणका रुपमा लागू भएको जिल्ला कुन होइन ??
[प्राविधिक सहायक -शिक्षा]
उत्तर = काठमाडौँ

6. माघे संक्रान्तिमा उत्तरायण सुरु
हुन्छ भने ............... देखि दक्षिणायन सुरु हुन्छ !
उत्तर = साउने संक्रान्ति

7. 'दैलेख' के का लागि प्रसिद्ध छ ?
उत्तर = छाला

8. 'दामन' कुन जिल्लामा पर्दछ ??
उत्तर = मकवानपुर

9. नदिका आधारमा नेपाललाई
कति प्रदेशमा विभाजन गरिएको छ ??
उत्तर = 3 (कोशी , गण्डकी र कर्णाली प्रदेश)

10. महिनाको सातौ दिन शुक्रबार
भन्दा ३ दिन अगाडि पर्दछ । भने
महिनाको १६ औँ दिन कुन बार पर्दछ ?
उत्तर = बिहिबार

11. विहारको दु:ख भनेर चिनिने नदी कुन हो ??
उत्तर = कोशी

12. Who is the present secretary general of SAARC ??
उत्तर = अहमद सलिम

13. १४ औं सार्क शिखर सम्मे
लनकहाँ गरिएको हो ?उत्तर = भारतको नयाँ दिल्लीमा
14. तरवार राख्ने खोललाई के भनिन्छ ??
उत्तर = म्यान

15. Which branch of science is also known as 'Science of Exception' ??
उत्तर = Biology

16. भुगोलका पिता भनेर कसलाई
चिनिन्छ ??
उत्तर = इरेटस्थनिज

17. सन 2013 फिफा पुरस्कार अन्तर्गत
'फेयर प्ले' अवार्ड प्राप्त गर्ने कुन एशियाली मुलुक हो ??
[ गोरखापत्रबाट]
उत्तर = अफगानिस्तान
18. चितवन जिल्लामा उत्पादित माछाले
नेपालको कति प्रतिशत मागलाइ धान्दछ ??[ गोरखापत्रबाट]
उत्तर = 10 %

19. महाकाली संधी कहिले भएको थियो ? [गोरखापत्रबाट]
उत्तर = सन 1996 जनवरी 29

20. सगरमाथा आरोहण गर्ने
विश्वको पाँचौ महिला बेचेन्द्रि पाल
कुन राष्ट्रकी थिइन ??
उत्तर = भारत

21. गायत्री मन्त्र कुन वेदमा उल्लेख गरिएको छ ??
उत्तर = ऋग्वेद

चालु तेर्हौ योजनाले राखेका केही लक्ष्यहरु !!

1. नेपालमा बन क्षेत्र कुल भुभागको ४० %(हाल ३९.६%) पुर्याउने ।
2. योजना अवधीमा कुल 14,92,315 हेक्टर जमिनमा सिचाइ सुबिधा पुर्याउने ।
3. ४०० कि मि नयाँ विद्युत प्रसारण लाइन निर्माण सम्पन्न गर्ने ।
4. विद्युत चुहावाटलाई २१% मा सिमित राख्ने ।
5. प्रतिब्यक्ती विद्युत उपभोग १४० किलोवाट प्रतीघण्टा र राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत सेवा प्राप्त गर्ने जनसंख्याको प्रतिशत ६५ पुर्याउने ।
6. देसका ३००० गाबिसमा विद्युत पहुच पुर्याउने ।
7. औध्योगिक क्षेत्रमा वार्षिक ५० हजारका दरले १ लाख ५० हजार नयाँ रोजगार श्रीजना गर्ने ।
8. ब्यापार घाटा कुल ग्रहास्थ उत्पादनको २० % मा झार्ने ।
9. वार्सिक औसत रोजगार बिर्दिदर ३।२% पुर्याउने ।
10. मात्री मृत्‍युदर प्रतिलाख १३४ मा झर्ने ।
11. अपेक्षित आयु ७१ बर्ष पुर्याउने ।
12. नेपालका सबै जिल्लामा सडक सुविधा पुर्याउने ।
13. प्राथमिक तहको खुद भर्ना दर सत प्रतिसत पुर्याउने
विशेष जानकारी !

1. सगरमाथाको उचाइ कति फिट छ ??
उत्तर = २९०२८ फिट
2. साउने सक्रान्ती संगसम्बन्धित प्रथा तलका मध्ये कुन हो ???
उत्तर = लुतो फाल्ने
3. पृथिवीमा बर्षको कुनकुनदुईदिन दिन ररात बराबर हुन्छ ??
उत्तर = 21march 23sep
4. विश्वभर March 24 मा कुनदिवस मनाइएको छ ??
उत्तर = विश्व क्षयरोग दिवस
5. औसत घनत्वसबैभन्दा कमभएको ग्रह कुनहो ??
उत्तर = शनि
6. पहाडी प्रदेशमा बसोबास गर्ने जनजाति समूह कति छन्??
उत्तर = २३
7. माझीहरूको मुख्य मानिसलाइ के भनिन्छ ??
उत्तर = मिजार
8. बिश्व जनसंख्या दिबश कहिले मनाइन्छ ?
(नासु- जनसङ्ख्या अध्ययन)
उत्तर = July 11
9. 220 volt प्राइमरी voltageभएको एउटा स्टेपअप transformerमा 100 प्राइमरी फन्काहरू छनभने2200 volt सेकेन्डरी voltageनिकाल्न कति सेकेन्डरी फन्का आवश्यकहुन्छ ??
(SLC 2070 / खरिदारको लागि महत्त्वपूर्ण )
उत्तर = 1000 फन्का
10. ग्रामीण विकाश कोषको सदस्यसचिव को रहनेव्यवस्था छ?
उत्तर = वि.प्र. शाखाको प्रमुख
11. राष्ट्रिय जनगणना 2068अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउनको लागि एल्.पी ग्याँस प्रयोग गरेका छन्?
( नासु - जनसङ्ख्या अध्ययन)
उत्तर = 1.03%
12. लोकसेवा आयोगमा कतिजना सदस्यरहने व्यवस्था छ??
( नासु - राजनीति शास्त्र)
उत्तर = आवश्यकता अनुसार
13. नेपालमा 1968 मा प्रथम पटक जनगणना लिदा नेपालको कुल जनसंख्या कति थियो ?
( नासु - जनसङ्ख्या अध्ययन)
उत्तर = 56,38,749 जना
14. Carbohydrate and Protein दुबैको कमिले बच्चामा हुनेरोग कुनहो? (ANM-2070)
उत्तर = marasmus
ज्ञान जति बाँड्यो उति बढ्छ ,त्यसैले शेयर गर्न नभुल्नुहोला !!
छैंठौ राष्ट्रिय खेलकुद २०६८ मा सबभन्दा बढी पदक १० वटा जित्ने खेलाडी पौडीका शैलेश राणा हुन ।
- अमेरिकी गिटारिष्ट माइकल एन्जेलो बाटियोले २०७०/५/८ मा काठमाडौंमा प्रस्तुती गरेका थिए ।
- नेपाल र चिनबीच सिमा रेखाको लम्बाई १,४३९ कि.मी. रहेको छ ।
- नेपाल र भारतबीच सिमारेखाको लम्बाई १,८८० कि.मी. रहेको छ ।
- नेपाल र भारतबीच सिमा नाका संख्या मूल भंसार र छोटी भंसारको रुपमा १५९ रहेका छन ।
विशेष जानकारी !

- सन् २००४ देखि आतङ्ककारी सुचीमा रहेको माओवादीलाई अमेरिकाले २०१२ सेम्टेम्वर ६ बाट सो सुचिबाट हटाएको छ ।
- चालक विहिन अमेरिकी विमान ड्रोन हो ।
- जियोग्राफिक च्यानलको २०१२ को साहसिक यात्रीको सुचीमा नेपालका सानोबाबु सुनुवार र लाक्पाछिरी शेर्पा पर्न सफल भएका छन ।
- २०१२ जुन ४ मा अन्तराष्ट्रिय रेल सञ्जालमा नेपालको प्रवेश भएको हो ।
- २०७०/९/६ मा विश्वका ८८ देश घुमाउने क्रममा विश्व कप ट्रफी पहिलो पटक नेपाल ल्याइएको थियो।
के तपाईलाई थाहा छ :-
■ सन् 2008 मा मात्र क्यान्सर को कारणले 76 लाख मानिसको मृत्यु भएको थियो ।
■ क्यान्सरको कारणले मर्ने मध्ये 70% अल्प बिकशित मुलुकका मानिस हरू छन् ।
■ पुरूषहरूमा सबै भन्दा बढी फोक्सो को क्यान्सर देखिने गरेको छ ।
विशेष जानकारी !

- २०१३ फेब्रुअरी १५ मा पृथ्वीको नजिकबाट गएको पिण्डको नाम २०१२ डी ए १४ हो । यो पिण्डमा झण्डै २ खर्व डलर बराबरको बहुमुल्य धातु रहेको अनुमान गरिएको छ ।
- कम्प्युटर र इन्टरनेट प्रणालीको सहायतामा चल्ने उपकरण संचार संदेश हवाइ उर्जा र वित्तिय क्षेत्रमाथि हुन सक्ने सम्भावित आक्रमण तथा प्रत्याक्रमणलाई साइवर युद्ध भनिन्छ ।
- २०७०/१/२ देखि सरकारले ५ वटा विभागमा क्षतिपुर्ती सहित (२०५-५०००)को नागरिक वडापत्र प्रथम पटक लागू गरको छ ।
- लुम्बिनी भ्रमण वर्षमा १२ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेकोमा लुम्बिनी पुगेका पर्यटक ७,५८,२६९ मा सबैभन्दा बढी श्रीलंकाका रहेका थिए ।
- सन् १९९७ देखि नोवेल पुरस्कार मरणोपरान्त दिन बन्द गरिएको छ ।
- चन्द धरातलमा पथम पाइला टेक्ने अमिरकी अन्तरिक्ष यात्री निल आमष्ट्रङको निधन २०१२ अगष्ट २५ मा भएको हो ।
- मुक्त कमैयालाई सरकारले क, ख, ग र घ गरी ४ भागमा वर्गिकरण गरेको छ ।
- मुर्तिकार चन्द्रश्याम डंगोलले बनाएको नेपालकै अग्लो १८ फिट मैत्री बुद्धको मुर्ती बाराको हलखोरियाको जङ्गलमा रहेको छ ।
- नेपाल सरकारले विदेशी लगानीकर्ता आकर्षित गर्न ५ वर्षे व्यवसायिक भिषा दिन शुरु गरेको छ ।
नेपालमा रहेका छन् ।

पाँच तारे होटल – १०
चार तारे होटल – २
तीन तारे होटल – २४
दुई तारे होटल – ४५
एक तारे होटल – ३६
पर्यटकस्तरका होटल तथा रिसोर्टहरु – ६३०
ः जम्मा – ७४७
- सन् २०१३ मानव विकास सुचकांकमा नेपाल १५७ स्थानमा रहेको छ भने नर्वे प्रथम र नाइजर अन्तिम १८७ औं मा रहेको छ ।
- मानव विकास प्रतिवेदन पाकिस्तानी अर्थ मन्त्री महवुब उल हकले सन १९९० मा बिकसित गरेको अवधारणा हो ।
- मानव विकास प्रतिवेदन २०१३ अनुसार नेपालीको औसत आयु ६९.१ वर्ष र प्रति व्यक्ती आय ११३७ अमेरिकी डलर रहेको छ ।
- सन २०१३ मा सम्म नेपालको दौत्य सम्बन्ध कायम भएका राष्ट्र १३७ (उज्जेकिस्तान) रहेका छन् ।
- अन्तराष्ट्रिय प्रकृति संरक्षक संगठन (IUCN) को २०१२ को प्रतिवेदन अनुसार विश्वका
१००६४ पन्छीमा १३१३ प्रजाती खतराको सुची (red list) मा परेका छन भने नेपालका ३६ प्रजातीका पन्छी खतराको सुचीमा रहेका छन् ।* बिरालो एक दिनमा लगभग कति घन्टा सुत्दछ ? - १६
* सबैभन्दा बढि कुन देशका मानिसहरु बाँच्छन ? - जापान
* नेपालमा उभौली र उघौली पर्ब मनाउने जाति कुन हो ? - राई
* यदि Feb 3 तारिखमा sunday पर्छ , रबण सोहि महिनाको 14 गते जन्मेको हो भने ऊ कुन बार जन्मेको थियो होला ? - Thursday
* यदि B पछि F पछि L भए अब कति ? - T
* बर्तमान मन्त्रीमण्डलमा सहभागि मन्त्री मध्ये कति जना सभासद होइनन ? - ५
* यदि २२*२=४६
३३*३=१०२
४४*४=१८०
५५*५= ...... ? ans 280
* अन्तराष्टिय नारी दिबस कहिले बाट मनाउन थालिएको हो ? - १९१०
* साइकलका आबिश्कार को हुन ? - मेकमिलन
स्थायी लेखा नम्बर भनेको के हो ?

. स्थायी लेखा नम्बर एउटा नौलो प्रकारको परिचय गराउने नम्बर हो र जुन नेपाल अधिराज्य भरिका करदाताहरु र श्रोतमा कर कट्टी गर्ने निकायहरुलाई
दिइने छ । यस्ले देशभरिका प्रत्येक करदाता वा श्रोतमा कर कट्टी गर्ने निकायको नौलो पहिचान गराउछ ।
. कम्प्यू६र प्र०ाालीद्वारा करदाता वा श्रोतमा कर कट्टी गर्ने निकायको प्रशोधन कार्य गर्नको लागि स्थायी लेखा नम्बर आबश्यक छ ।
. स्थायी लेखा नम्बर करदाता वा श्रोतमा कर कट्टी प्रयोजनको लागि जीवनमा एक पटक मात्र दिइने छ ।
1. अचार बनाउँदा मिसाइने तिल आदिको बुकुवा धुलोलाइ के भनिन्छ ??
उत्तर =. छोप
2. युधिष्ठिर भन्नाले ??
उत्तर = सत्यवादी
3. दरवार स्कुलको स्थापना कहिले भएको हो ?
उत्तर = विस १९१० असोज २७
4. आइमाई = Gynophobia भए पुरुष = ??
उत्तर = Androphobia
5. नेवारको गुभाजु भए लिम्बूको के ??
उत्तर = फेदाङ्मा
6. संयुक्त राष्ट्र संघको बडापत्र हालसम्म कति पटक संसोधन
गरिएको छ ??
उत्तर = ५ पटक
7. वान कि मुन भन्दा अगाडि संयुक्त राष्ट्र संघको महासचिव
को थिए ??
उत्तर = कोफि अन्नान
8. दशैको आसपास प्रत्येक वर्ष सञ्चालन हुने २०७० असोज
२३ गते भएको यस वर्षको १३.५ कि.मी लिगलिग
दौडको उपाधि जिती "लिगलिगे राजा" को भए ?
उत्तर = कृष्ण बस्नेत,
9. कमैयाले साहुलाई तिर्ने ऋणलाई के भन्निछ ?
उत्तर = सौकी ,
10. आफ्ना मतदातालाई नेगेटिभ भोटिङ अधिकार (माथिका कुनै
पनि उम्मेदवारमा मेरो सहमति छैन) हालसम्म कति राष्ट्रले प्रदान
गरेका छन् ?
उत्तर = १५ वटा (नेपाल सहित)
11. दोस्रो संविधानसभाको पहिलो बैठक (माघ ८ गतेका लागि) कसले
आह्वान गरेका हुन् ?
उत्तर = मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी
12. अपराधको गतिविध अनुसन्धान गर्न र फोन गरेको सम्वन्धित
ठाउँको पहिचान गर्न सहज हुन अवलम्वन
गरेको नयाँ प्रविधी मोवाइलको एप क्राईसिस कल कुन
प्रहरि कार्यालयले २०७० मंसिर १६ देखि प्रयोगमा ल्याएको छ ?
�उत्तर= महानगरिय प्रहरि वृत वौद्ध ,
13. पहिलो शाह राजा कुलमण्डन शाह ले
कास्कीका कुन
राजाको हत्या गरी आधुनिक शाहवंशीय
राज्यको सुरु गरेको मानिन्छ ?
उत्तर = ब्रम्ह घले ,
14. नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित
गरिएको पहिलो पुस्तक कुन हो?
उत्तर = अक्षरांक शिक्षा
राष्ट्रपती डा. रामवरण यादवलाई बनारस हिन्दु विश्वविद्यालयले डक्टर अफ ल उपाधीबाट सम्मान गरेको छ ।
- उपत्यकाको चक्रपथलाई आगामी ३ वर्षमा ८ लेनको बनाइने भएको छ ।
- मादक पदार्थको सेवन रक्त परिक्षणबाट पत्ता लगाउने यन्त्र जिसिएमयस हेडस्पेश हो ।
- लन्ली प्लानेट नामक संस्थाको २०१३ का उक्कृष्ट भ्रमण गन्तव्यको सुचीमा नेपालको मुस्ताङ तेश्रो स्थानमा परेको छ ।
- नेपालको सबैभन्दा ठुलो पदक लोक श्री पदक हो ।
बाथ रोग (Arthritis)
==========
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागे पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै महत्व पूर्ण हुन सक्छ )
=================
१. बाथ भनेको के हो ?
बाथ रोग भन्ने शब्द दुई शब्दहरु मिलेर बनेको छ। जस्तै [Arth] अर्थ जोर्नी र [Itis] को अर्थ सुन्निनु ज्वलन हुनु। त्यसैले बाथ रोगलाई जोर्नी दुख्ने तथा फुलिने रोग भ्ान्ने पाईन्छ। यो रोग उत्पन्न गर्ने खास कारण भन्ने अहिले सम्म कुनै पनि चिकित्साकर्मीहरुले पता लगाउन सकेका छन्। तर यो रोग रुघाखागी जस्तो सरुवा रोग भने होइन। यो रोग विशेष ४५ वर्ष भन्दा बढि नारी पुरुष दुबैलाई लाग्ोको पाइन्छ तर कहिलेकहि बालबच्चाहरुलाई पनि लाग्न सक्छ। तर ४५ वर्ष नागेका व्यक्तिहरुलाई भन्दा ज्यादै कम मात्रमा पार्क्षन्छ। यो रोग जोनर्ीैका हाड जोड्ने (Connective Tissue) मा लाग्ने गर्छ। यो रोगलाई एक भन्दा वढी जोर्नीहरु ज्वलन तथा सुन्निने (Inflammation one or more Joints) पनि भनिन्छ। यो रोग लाग्नेहरुलाई जोर्नीहरु सुन्निने जोर्नी वरिपरिको छाला रातो हुने पिडा कुने तथा जार्नीको गतिमा अबरोध आउने गर्दुछ र विशेष जाडो मौषममा र सेपिलो ठाँउमा बस्नेहरुलाई लाग्ने गर्छ।

२. यो रोग २ प्रकारका छन् :
क: यूमाट्वाइड अर्थराइटिस (Rheumatoid Arthritis)
ख: ओस्टियो अर्थराइठिस (Osteoarthritis)

क: रयूमाट्वाइड (Rheumatoid Arthritis) :
यो रोग सबै देशमा बस्ने सबै समुदायका मानिसहरुलाई लाग्ने गर्दछ। यो रोग पुरुषलाई भन्दा तीन गुण वढि नारीहरुलाई वढी लाग्ने गर्दछयो रोग वढी मात्रमा चिसो तथा सेपिलो ठाँउमा ब
सोबास गर्नेहश्रलाई आक्रमण गर्दछ। यो रोगलाई साना हाड जोर्नीहरुमा लाग्ने बाथ रोग हो।

कारण :
वशागुणगत जोर्नीको सँक्रमण इम्युनोग्लोवुलिन ए immunoglobulin IgA , Immuno-globulin Igm, Immunolobulin IgG सेसर एन्टि ग्लोवुलिन एन्टिको लाजेन तथा एन्टि न्यूक्लियर एन्टि एन्टिबोडी आदिलाई मान्न सकिन्छ।

लक्षण (symptoms) :
१: हातखुट्टाका औलाहरुका जोर्नीहरु नाडी पैतला गोली गाँठाहरु त्था काँधका जोर्निहरु क्रमश: सुन्निनु।
२: ज्वरो आउँनु खाना खान मन नहुनु मासपेशी दुख्नु।
३: रोगीको तौल घट्नु तथा रोगीलाई थकाई लाग्नु हातका औलाहरु कुहिनु र कुरुपता ९म्भायचुष्तथ० देखिनु।
४: रोगीको घाँटी तथा कम्मर दुख्नु
५: जोर्नीको गतिमा मन्दी आउनु
६: रोग जति जति बढै गयो उति नै रक्तसँचार श्वास-प्रश्वास तथा स्नायु प्रणलीमा समेत असर पर्दछ आदि।

रोक तथा नियन्त्रण (Prevention and control )
१: रोगीलाई प्रर्यात्त शारीरिक आराम दिनुपर्छ।
२: जोर्नी नसुन्निने वा नदुख्ने औषधीहरु खुवाउँनुपर्छ
३: फिजियोरोपी (Physiotherapy) गराउँनुपर्छ।
४: रोगीलाई चिसोबाट बचायउनुपर्छ।
५: रोगीले जाँडरक्सी तथा धुम्रपान गर्नु हुदैन।
६: रोगीलाई यो रोगीको जानकारी दिनु पर्छ।

ख: अस्टियो अर्थराईटिस (Osteoarthritis)
यो कुरकुरे हाड तथा पुट्ठाको हाड का जोर्नीहरुमा लाग्ने रोग हो। यो रोग पनि प्रया गरेर ४५ वर्ष भन्दा माथि उमेरका नरनारी दुवैलाई लाग्ने गर्छ। यो अति नै सामान्य रुपले जार्नीमा हुने बाथ रोग हो। यो रोग हाडहरुको जोर्नीमा हुने बाथ रोग हो। यो रोग हाडहरुको जार्नी सँक्रमणलाई ‘x’-ray को माध्यमबाट पता लगाउन सकिन्छ। यो रोग ठ्ला हाडका जोर्नीहरुमा बढी हुने बाथ रोग हो।

कारण
१. जोर्नीको घाउ तथा चोटपटकले गर्दा।
२. मुटु मूत्राशय तथा टाँउको घाउले गर्दा
३. अत्यधिक शारीरिक व्यायाम, अनिन्द्र, अत्यधिक रतिकि्रडा
४. वंशाणुक्रम तत्व तथा सन्क्तलित आहारको अभाव आदि।

रोकथाम तथा नियन्त्रण (Prevention and control)
१: रोगीले नियमित रुपमा उचित व्यायाम
गर्नुपर्छ।
२: रोगीको शारीरिक तौल बढी भएमा घटाउनु पर्छ।
३: सन्तुलित भोजन खानु पर्छ।
४: जोर्नीमा तातोले सेकाइ गर्नु पर्छ।
५: चिसोबाट बच्न न्यानो कपडा लगाउने
६: जोर्नी टाँउको मुटु तथा मूत्राशयको चोट तथा रोग लागेको शंंका लागेमा उपाचार गराउने
७: रोगीलाई हिड्डुल गर्नका लागि लट्ठी उपलब्ध गराउनुपर्छ।
८: रोगीलाई डक्टरको सेवा उपलब्ध गराउनु पर्छ।
- नेपालमा नौ प्रजातीका गिद्ध पाइन्छन् ।
- उत्पतिका आधारमा मानव अधिकारको बर्गिकरण:
क. प्रथम पुस्ता- नागरिक तथा राजनितिक अधिकार
ख. दोश्रो पुस्ता - आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकार
ग. तेश्रो पुस्ता - शान्ति, स्वच्छ वातावरण र विकासको अधिकार
घ. चौथो पुस्ता - सूचनाको हक र समलिङ्गी अधिकार