Thursday, January 30, 2014

२०७० साल माघमा सोधिएका प्रश्नका उत्तरहरु ।

उत्तरपुर्वी अमेरिकामा हालै कुन त्रासदि बाट सयौँ सर्बसाधारणको मृत्यु भएको छ ?
उत्तर - अत्यधिक जाडो
Institute Of Medical(IOM) को वर्तमान डिन को नाम भन्नुहोस ?
उत्तर - डा. शशी शर्मा ( अहिले हुनुहुन्न )
सन २०१८ को फुटबल विश्व कप कहाँ हुदैँछ ?
उत्तर - रसिया
सार्क देशमा सबैभन्दा बढी औसत आयु भएको राष्ट्र कुन हो ?
उत्तर - श्रीलंका
विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ ?
उत्तर - December 29
विफर विरुद्धको खोप पत्ता लगाउने वैग्यानिक को हुन ?
उत्तर - एडवर्ड जेनर
हिग्स बोसोनलाइ अर्को के नामले चिनिन्छ ?
उत्तर - इश्वरिय कण ( God Particle )
Dictionary को अविस्कारक को हुन ?
उत्तर - Robert Cowdrey
Europol को प्रधान कार्यालय कहाँ रहेको छ ?
उत्तर - हेग ( नेदरल्याण्ड )
सन २०१४ को फुटबल विश्व कप कहिलेदेखी शुरु हुदैँछ ?
उत्तर - जुन १२, २०१४
युरोपियन सेन्ट्रल बैकंका चेयरम्यानको नाम भन्नुहोस ?
उत्तर - मारियो ड्राघी
चर्चित पुस्तक From Palace to Prison का लेखक को हुन ?
उत्तर - टेकनाथ रिजाल
सघिंय शासकिय प्रणाली अवलम्वन गर्ने विश्वको पहिलो देश कुन हो ?
उत्तर - अमेरिका
आसियान को एकमात्र भुपरिवेष्ठित देशको नाम भन्नुहोस ?
उत्तर - लाओस
नेपालमा वातावरण सरछंण परिषदको स्थापना कहिले भयो ?
उत्तर - वि.स. २०५०

Thursday, January 23, 2014

२०७० साल पौषमा सोधिएका प्रश्नका उत्तरहरु ।

वर्तमानको महालेखापरिक्छकको नाम भन्नुहोस ?
उत्तर - भानु प्रसाद आचार्य
राष्ट्रिय महिला क्रिकेट २०७० को उपाधि कुन क्षेत्रले जितेको छ ?
उत्तर - एपीएफ
सन २०१३ को FIFA प्लेयर अफ द इयर पुरुषतर्फको उपाधी कसले पाए ?
उत्तर - क्रिस्टियानो रोनाल्डो
नेपाल टेलिकमको नयँा प्रबन्ध निर्देशकको नाम भन्नुहोस ?
उत्तर - अनुप रंजन भट्टराइ
मन्त्रीपरिषदका अध्यक्छ खिलराज रेग्मी कहिले उक्त पदमा आसिन हुनुभयो ?
उत्तर - २०६९/१२/०१
WHO ले हालै कुन सार्क राष्ट्रलाइ औपचारिक रुपमा पोलियोमूक्त देश भनी घोषणा गरेको छ ?
उत्तर - भारत
नेपालको प्रथम प्रामाणिक राजा को हुन ?
उत्तर - मानदेव
चन्डी हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर - हुम्ला
टाढाको वस्तुको उच्चतम तापक्रम नाप्ने यन्त्र कुन हो ?
उत्तर - पाएरोमिटर
फ्रासंको राष्ट्रपतिको नाम भन्नुहोस ?
उत्तर - फ्रान्कोइस हलाण्डे
प्रसिद्ध पपस्टार माइकल ज्याकसन को निधन कहिले भयो ?
उत्तर - सन २००९/०६/२५
सन् २०१३ को शान्तितर्फको नोबेल पुरुस्कार कुन सस्थंाले पायो ?
उत्तर - Organization for prohibition of chemical weapons
वर्तमानको शिक्छामन्त्री को नाम भन्नुहोस ?
उत्तर - माधव पौडेल
२०७० साल पौषमा सोधिएका प्रश्नका उत्तरहरु ।

वर्तमानको महान्यायाधिवक्ताको नाम भन्नुहोस ?
उत्तर - द्रोणराज रेग्मी
सबिंधान सभाको पहिलो बैठक कहिले बस्ने भएको छ ?
उत्तर - वि.स. २०७० माघ ८
छेत्रफलको हिसाबले कुन जिल्ला महाकाली अञ्चलभन्दा ठुलो छ ?
उत्तर - डोल्पा
सबैभन्दा बढी जिल्ला भएको अञ्चल कुन हो ?
उत्तर - बागमती
नेपाली महिला क्रिकेट अन्तर्गत सबैभन्दा छिटो शतक पुरा गर्ने
किर्तिमान कसको नाममा रहेको छ ?
उत्तर - निरा राजोपाध्याय
॔'भ्रष्ट चर्चलाइ नष्ट गरिदेउ' " यो भनाइ कसको हो ?
उत्तर - भोल्टेयर
पुराणहरु कतिवटा रहेका छन ?
उत्तर - 18
नेपालको सर्वोच्च मानपदबी कुन हो ?
उत्तर - नेपाल रत्न
तामाङ जातिको प्रसिद्ध बाजा कुन हो ?
उत्तर - डम्फु
अरुण नदिको उत्पति कहाँबाट भएको हो ?
उत्तर - तिब्बत
नेपालमा कुन हिमालबाट पर्बतारोहण सुरु भएको हो ?
उत्तर - अन्नपुर्ण


(१) नेपली सांगीतिक समुह नेपथ्य ‘शान्तिको लागि शिक्षा’अभियान बोकेर देशव्यापी सांगीतिक यात्रा गर्दै हिडिरहेको छ ।
(२) नेपालमा बिम्ब कबि भनेर रमेश श्रेष्ठ लाई चिनिन्छ ।
(३) विश्वको कुल भू-भागको करिब एक चौथाई क्षेत्रफल ओगटेको पर्वतीय क्षेत्रमा १२ प्रतिशत मानिस बसोबास गर्छन ।
(४) “समयको तस्विर” नामक निबन्ध संग्रहकी लेखिका शारदा शर्मा हुन् ।
(५) नेल्सन मन्डेलाको नामबाट एक आणविक कण मन्डेला पार्टिकल राखिएको छ ।
(६) २०७० सालको एन्सेलकपको बिजेता मनांग मर्स्यांगदीले बिजेताको रुपमा १५ लाख नेपाली रुपैया हात पारेका छन् ।
(७) विश्वको सबैभन्दा मुल्यवान ब्राण्ड एप्पल इन्कोर्पोरेसन हो ।यसको ब्राण्ड मूल्य ९३.२ अर्ब अमेरिकी डलर रहेको छ ।
(८) २०७० माघ १ गत्तेदेखि मुलुकभर आन्तरिक हवाई यात्रुले तिर्दै आएको विमानस्थल प्रयोग शुल्क(एयरपोर्ट ट्याक्स) टिकटमै समावेश गरिने भएको छ ।
(९) सोयाबिन (भट्मास) को तेल नेपालमा ब्राजिल र अर्जेन्टिना बाट आयात हुन्छ ।
(१०) हाल अस्ट्रेलियामा ९९ प्रतिशत नागरिक साक्षर छन् ।
(१) प्रताप मल्लले १८ बर्षको उमेरमा बि.स.१६९८ मा विकृत मस्तिष्क भएका पिता लक्ष्मी नरसिंह मल्ललाई राज्च्युत गराई आफु राजा भएका थिए ।
(२) सन् २०१३ नोभेम्बेर ६ देखि बेलायती दुतावासले “पायोरिटी भिसा”सेवा सुरु गरेको हो ।
(३) बि.स.२०५५ कार्तिक २२ देखि नेपाल सरकारले नेपालका निजि बिमान सेवा कम्पनीलाई अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति दिएको हो ।
(४) विश्व ब्यापार संगठन (डब्लुटिओ) को प्रथम बैठक सन् १९९६ मा सिंगापुरमा सम्पन्न भएको थियो ।
(५) सन् २०१३ डिसेम्बर १ मा मनाइएको २६ औ एड्स दिवसको नारा “एचआईभिको नयाँ संस्करण,भेदभाव र एड्सबाट हुने मृत्युलाई सुन्यमा पुर्यायो” रहेको थियो ।
(६) हाडभन्दा पखेटा गाह्रो हुने पंक्षी परेवा हो ।
(७) नेपालको दोलखा जिल्लाको लाँकुरीडाँडा स्थित डांगडुंगे डाँडामा फिल्मसिटी निर्माण गरिने भएको छ ।
(८) नेदरल्याण्डमा व्यावसायिक खेलाडी अनुबन्ध हुन १८ बर्ष उमेर पुगेको हुनुपर्दछ ।
(९) अस्ट्रेलियामा हाल १३० भन्दा बढी मुलुकका बिधार्थीहरु अध्ययन गर्छन ।
(१०) नेल्सन मन्डेला जोसा जनजातिका थिए ।

शेयर तथा लाइक गर्न नभुल्नुहोला मित्रहरु ..जानकारीलाई तिब्र रुपमा मित्रहरुको फेसबुक वालमा पुगाउनुनै हाम्रो लक्ष्य हो ।
(१) अस्ट्रेलियाको राजधानीको नाम बताउनुहोस ?
उत्तर : क्यान्बरा (सिड्नी अस्ट्रेलियाको सबैभन्दा ठुलो सहर हो )
(२) सन २०१३ को अन्तयतिर कुन फार्मुला वन रेसर सिकिस्त घाइते भएर अस्पतालमा भर्ना भएका छन ?
उत्तर :- माइकल शुमाकर (उनलाई फर्मुला वन रेसिंगको जादुगर मानिन्छ)
(३) कतार भौगौलिक दृष्टिकोणले कुन ठाउँमा अवस्थित छ ?
त्तर : Middle East
(४) हंगकंगको राजधानीको नाम बताउनुहोस ?
उत्तर : भिक्टोरिया (सेन्ट्रल)
(५) उदयपुर जिल्लाको सदरमुकाम गाइघाट कुन नदीको किनारमा अवस्थित छ ?
उत्तर : त्रियुगा
(६) भारतको केन्द्रशाषित प्रदेश दिल्लीको सातौँ मुख्यमन्त्रीमा को निर्वाचित भएका छन् ?
उत्तर : अरबिन्द केजरीवाल
(७) The Heart of Nepal का लेखक को हुन्?
उत्तर : डंकन फ़ब
(८) कौरा र मारुनी नाच कुन जातिमा प्रचलित छ ?
उत्तर : मगर

Sunday, January 5, 2014

के हो जैविक विविधता ?
पृथ्वीमा रहेका जीवित प्राणी र वनस्पतिहरुको विविधता नै जैविक विविधता हो । यसअन्तर्गत अनुवंशिक विविधता, प्रजातिगत विविधता, स्थानगत विविधता पर्दछन् । अर्थात् तापक्रमअनुसार, स्थानअनुसार, जातिप्रजातिअनुसार, अनुवंश अनुसार बोटबिरुवा, प्राणी फरक–फरक हुन्छन् । यही विविधताले पृथ्वी भरिएको छ । यही विविधताले जीवजनावर र बोटबिरुवाको अस्तित्व रहेको छ र मानिस पनि एक प्राणी भएकाले यसको पनि अस्तित्व यसैमा निर्भर छ । प्राणी र वनस्पतिको पृथ्वीको उत्पत्तिदेखिकै यही अन्तरसम्बन्धले गर्दा प्रकृतिमा सन्तुलन कायम रहेको छ । कुनै एक प्राणी वा वनस्पतिको नासले यो सन्तुलन खल्बलिन गई सम्पूर्ण प्राणी र वनस्पतिको विनास हुने खतरा रहन्छ । सानो ब्याक्टेरियादेखि ह्वेल माछासम्मको एक–अर्काबीच अन्तरसम्बन्ध रहेको छ । त्यसैगरी पानीमा पाइने साना बोटबिरुवादेखि मानिस र जमीनमा पाइने अनेक जीवजनावरको बीचमा पनि अन्तरसम्बन्ध हुन्छ । कुनै निश्चित स्थानको जैविक विविधता भन्नाले उक्त स्थानको प्रतिइकाइ क्षेत्रफलमा रहेका सम्पूर्ण जीवजन्तु, बोटबिरुवा तथा सुक्ष्म जीवहरुलाई बुझाउँछ ।

जैविक विविधता संरक्षण कसरी गर्ने ?

मानवको संख्यात्मक वृद्धि सँगसँगै जैविक विविधता पनि संकटमा पर्दै गएको छ । मानिसले जथाभाबी जंगल फडानी गर्दा, जमीन र पानीमा पाइने जीवजनावरको हत्या गर्दा जैविक विविधतामा असन्तुलन आएको छ । बढ्दो शहरीकरण र औद्योगिकरणले पृथ्वीको तापक्रममा वृिद्ध भई जैविक विविधतामा असर परेको छ । त्यसैगरी जलवायु परिवर्तनले पनि यसमा प्रभाव पारेको छ । त्यसकारण पृथ्वीमा पाइने सम्पूर्ण वनस्पति र जीवजनावरको रक्षा गर्नु नै जैविक विविधता संरक्षण गर्नु हो । जलवायु परिवर्तन हुने ग्याँस उत्सर्जन कम गरी हरित गृह ग्याँसको वृद्धि गर्दा जैविक विविधता संरक्षणमा सहयोग पुग्दछ । सञ्चार माध्यमहरुले चेतनामूलक सन्देश प्रवाह तथा विद्यालयमा यससम्बन्धी अध्ययन अध्यापन गर्न पनि थालिएको छ । गाउँघरमा वा शहर बजारमा जैविक विविधताको महत्व र यसको संरक्षणका लागि आफुले जानेका कुरा गर्नु र पहल थाल्नुपर्ने हुन्छ । हामीले गरेको सानो पहल, सन्देश वा कुराले पनि जैविक विविधता संरक्षणमा ठूलो सहयोग पुग्दछ ।
 # वातावरण व्यवस्थापनको महत्त्व लेख्नुहहोस् । - पारिस्थितिक पद्धतिको संरक्षण गर्न¸- जैविक विविधताको संरक्षण गर्न ,भू-क्षय¸ वन विनाश¸बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप कम गर्न¸ - प्रकृतिको संरक्षण गर्न एवंस्रोतहरूको खपत कम गर्न¸- जनसङ्ख्या नियन्त्रण गर्न¸अव्यवस्थित सहरीकरणमा कमी ल्याउन¸- प्रकृति एवं मानव जीवनलाई खतरा हुनेउपकरण निर्माणमा र प्रयोगमा रोक ल्याउन¸- पर्यटकीय विकासमा सघाउ पुर्याईउन¸
संविधान भनेको के हो?

संविधान देशको मूल कानुन हो ? 
 यसलाई सबै कानुनको जननी भनिन्छ । योसँग बाझिएका कानुनहरू बाझिएको हदसम्म अमान्य हुन्छन् ।संविधान राजनैतिक एवं कानुनी दस्तावेजहो । i. राजनीतिक दस्तावेज हुनुको कारण :-देशको राजनीतिकपरिस्थितिका आधारमा संविधानबन्दछ र भविष्यका शासनव्यवस्थाको समग्र पद्धति स्थापित गर्दछ । ii. कानुनी दस्तावेज हुनुको कारण :-संविधानले मानक रमापदण्डहरूको निर्धारण गर्दछ ।यो नियमहरूको सँगालो हो । संविधानलाई न्याय¸ समानता रस्वतन्त्रताको आधारशिला मानिन्छ ।राज्यकाअङ्गहरूको सिर्जना गरी शक्तिफाँड गर्ने काम यसले गर्दछ । शासनव्यवस्था सञ्चालनको खाका यसले नैकोर्दछ । संविधानका प्रमुख ४ कामहरू i. संविधानले राज्यका प्रमुखअङ्गहरूको संगठन¸ संरचना निर्माण गर्दछ । (Organizing) ii. ती संरचनाले गर्न काम¸ कर्तव्य अधिकारको बाँड फाँड गर्दछ ।(Distributing) iii. ती निकायहरू बीच एकआपसमा नियन्त्रणको प्रबन्ध गर्दछ ।(Regulating) iv.ती निकायहरूको अधिकारमा सीमाङ्कनगर्दछ । (Limiting) प्रथम लिखित संविधान संयुक्त राज्यअमेरिकामा सन् १७८९ बाट सुरु भएको हो ।

 ► कानूनी राज्यको महत्व बारे लेख्नुहोस् ।
– नागरिक स्वतन्त्रता र मानव अधिकारको प्रवद्र्धन मा सघाउ ।
– सामाजिक समानता कायम गर्नमा मद्दत ।
– निरंकुशता र स्वेच्छाचारीताको अन्त्य
– सक्षम र स्वतन्त्र न्यायपालीकाद्वारा नागरिकहरुको संरक्षण
– राज्यका हरेक क्रियाकलाप कानूनको परिधिभित्र रही संचालन हुने ।
– कानूनको उल्लंघनलाई सजायको दायरामा ल्याउने ।
– कानूनको असमान व्यवहार विरुद्ध न्यायिक उपचार प्राप्त हुने ।
– स्वविवेकीय अधिकारको प्रयोगमा नियन्त्रण हुने ।
– कानूनी विभेदको अन्त्य हुने ।
– लोककल्याणकारी राज्यको स्थापना गर्न सहयोग पुग्ने ।

Saturday, January 4, 2014

• सन् २०१५ को सत्रौं असंलग्न शिखर सम्मेलन कहाँ हुने भएको छ ?
– भेनेजुएला
• राष्ट्रसंघको सदस्यता प्राप्त गर्ने दक्षिणी सुडान कति औं सदस्यराष्ट्र हो ?
–१९३ औं
• विश्वकी सबैभन्दा होची महिला ज्योति अम्गेको उचाई कति छ ?
– २४.७ इन्च
• वि.सं २०६९ असोज ७ गतेदेखि नेपालबाट शुरु भएको उर्लदो सय करोडअभियान के सगँ सम्बन्धित छ ?
– महिला हिंसा विरुद्द अभियान
• नेपालमा विद्यालयलाई कहिले शान्ति क्षेत्र घोषणा गरिएको थियो ?
– वि.सं २०६८ जेठ ११
• नेपालको सबैभन्दा होचो उचाईमा रहेको विमानस्थल कुन हो ?
– विराटनगर ( २३६ फिट )
• महिला विश्वकप जित्ने पहिलो एसियाली मुलुक कुन हो ?
– जापान
• वि.सं २०६८ को जनगणना अनुसार नेपालको लैङ्गिक अनुपातकति रहेको छ ?

 – ९४.१६
• लगातार चार बर्ष देखि फिफा वरियतामा प्रथम स्थान ओगटेको देशकुन हो ?
– स्पेन
• नेपालका प्रथम गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको निधनकहिले भएको थियो ? 

– वि.सं २०६९ भाद्र २७ गते
 १. डेनमार्कको राजधानी कोपेनहेगनको अर्थ के हो ?
- व्यापारीको बन्दरगाह
२. कमैयाहरु मुक्त हुनु अघि उनिहरुले साहुबाट लिएको ऋणलाई केभनिन्छ ?
-सौकी
३. नेपालमा रुद्राक्ष बढि पाइने क्षेत्र कुन हो ?
-अरुण उपत्यका
४. विश्व बैङ्क र अन्तराष्ट्रिय वित्त निगमद्वारा सार्वजनिक ‘डुइङविजनेश रिपोर्ट २०१४’ अनुसार -नेपाल कतिऔँ स्थानमा छ ?
-१०५

५. UNO ले सन् २०११लाई कुन बर्षको रुपमा मनायो ?
-अन्तराष्ट्रिय वन बर्ष
६. MY Land MY People नामक पुस्तकको लेखक को हुन ?
-दलाइ लामा
७. विश्ब शिक्षक दिबश कहिले मनाईन्छ ?
-५ अक्टोवर
८. निजामति सेवा दिवस २०७० को नारा के रहेको थियो ?
-सुशासन र सदाचार निजामती सेवाको आधार
९. हालै प्रकाशित ‘नेपाल भोट्स फर पिस’ पुस्तकका लेखक को हुन ?
-सृष्टि राणा
१०. मनकामना केवुलकारको लम्वाई कति छ ?
-२.८ कि.मि
११. सवैभन्दा बढि मदन पुरस्कार पाउँने व्यक्ति को हुन ?
-
सत्यमोहन जोशि
१२. वि सं २०१५ सालको निर्वाचन मा कती क्षेत्र थिए ?
-१०९
१३. ‘अशोक लिपी ‘ पनि भनेर चिनिने लिपि कुन हो ?
-ब्राह्मी लिपि
१४. असंलग्न देशहरुको सोह्रौँ सम्मेलन कुन देशमा भएको थियो ?
-इरानको तेहरानमा
१५. गण्डकीवाट धौलागिरीमा सारिएको जिल्ला कुन हो?

-पर्वत
१६. साझा पुरस्कार पाउँने पहिलो पुस्तक कुन हो ?
-घुम्ने मेचमाथि अन्धो मान्छे
१. ' उषाहरण ' र ' जैमिनी भारत' नामक नाटक कसले लेखेका थिए ?
-भुपतिन्द्र मल्‌ल
२. टाउकोमा गर्भधारण गर्ने जीव कुन हो ?
-उडुस
३. नेपाली सेनाको सर्वोच्च परमाधिपती को हो
-राष्ट्रपती
४. पूर्वको भेनिस भनेर कुन शहरलाइ चिनिन्छ ?
-बैङ्कक
५. विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?
-तिलिचो
६. दाँतको अध्ययन गर्ने विज्ञानलाइ के भनिन्छ ?
-Odentology
७. 'बिहारको दुख ' भनेर चिनिने नदि कुन हो ?
-कोशी

८. नेपालका कतिवटा सम्पदा विश्व सम्पदा सुचिमा सुचिकृत भएका छन् ?
-१० वटा
९. राजा त्रिभुवनको पालामा कतिजना प्रधानमन्त्री भएका थिए?
-६
१०. सार्क लगायत अन्य अन्तर्राष्ट्रिय संगठनहरु UNO को कुन धारा अर्न्तगत स्थापना भएका हुन् ?
-धारा ५२
११. संयुक्त राष्ट्र संघको सदस्यता लिने 193 औँ देश कुन हो ?
-दक्षिण सुडान
१२. WTO को प्रधान कार्यालय कहाँ छ ?
-जेनेभा
१३. नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्‍यो ?
-१४ डिसेम्वर १९५५

 १. "Common Sense" को द्धारा लिखित पर्चा हो ?
-थोमस पेन
२. नेपालमा हुलाक बचत बैंकको स्थापना कहिले भयो ?

-वि.स. २०३३
३. जर्मनीमा हिटलर कहिले सत्तामा आए ?
-सन् १९३३
४. PH Scale मा कडा अम्लको मान कति हुन्छ ?
-12 देखी 14 सम्म
५. अफ्रिका महादेशको सर्बोच्च शिखर कुन हो ?
-किलिमन्जरो
६. जापानले पर्ल हार्बरमा कहिले आक्रमण गर्यो ?
-७ डिसेम्बर १९४१
७. सहिद दशरथ चन्दको जन्म कुन जिल्लामा भएको थियो ?
-बैतडी
८. प्रचण्ड गोरखाको स्थापना कहिले भएको हो ?
-वि.स. १९८८
९. चिनले आफ्नो प्रथम अन्तरिक्षयान च्याङ इ ३ लाइ कहिले चन्द्रमातर्फ पठाएको हो ?
-२०१३ डिसेम्बर २
१०. भारतको कुन राजनितिज्ञलाइ चारा घोटालाको आरोप तय भएपछि ५ वर्षको सजाय सुनाइएको छ ?
-लालु प्रसाद यादव
११. नेपाल क्रिकेट संघको अध्यक्ष को हुन ?
-टंक आङबुहाङ्ग
१२. सन् २०१५ मा हुने ICC क्रिकेट विश्व कपमा छनौट हुनका लागी आगामी जनवरीमा नेपाल लगायत राष्ट्रले कुन देशमा क्वालिफायर खेल खेल्नेछन ?
-न्युजिल्याण्ड
१३. भौगौलिक दृष्टिकोणले अष्ट्रेलिया महादेशमा कतिवटा देशहरु रहेका छन्?
-१३

 # नेपालमा सबभन्दा ठूलो सुख्खा बन्दरगाह विरगञ्ज हो ।
# नेपाललाई सबभन्दा बढी ऋण र अनुदान दिने राष्ट्र जापान हो ।
# मान्छेको दाहसंस्कार गर्ने विदुतिय घरलाई किमोटिरीयम भनिन्छ ।
# मानिस जन्मदै १ बर्षको मान्ने देश जापान हो ।
# गुँड बनाई बस्ने सर्प गोमन हो ।
# ब्रम्हाण्डको उत्पतिबारे अध्ययन गर्ने विज्ञानलाई कस्मोलोजी भनिन्छ ।
# पब्लिक सर्भिस कमिसनलाई वि.सं २०१५ असार १६ गते लोकसेवा आयोग भनी नामाकरण गरिएको थियो ।
# विश्वमा सबैभन्दा बढी सैन्य शक्ति भएको देश चीन हो ।
# रातो मछिन्द्रनाथको रथयात्राको चलन चलाउने राजा नरेन्द्रदेव थिए ।
# पृथ्वीनारायण शाहसगँ छाता र जुत्ता माग्ने राजा जयप्रकाश मल्ल थिए ।
# जानकारी:
अमेरिकास्थित द इन्टरनेश्नल इपिडियोमोलोजिकल एसोसियन (आईइए) ले जनस्वास्थ्य क्षेत्रमा काम गर्ने एक जनालाई वर्षेनी प्रदान गर्ने अवार्ड ग्लोबल हेल्थ रिसर्च अवार्ड, २०१३ बाट बेलायतको द युनिभर्सिटी अफ सेफिल्डका वरिष्ठ प्राध्यापक डा. पदम सिम्खडा सम्मानित भएका छन् ।
१. सन् २०१४ को फुटबल विश्वकप कुन देशमा आयोजना गरिदैँछ ?
-ब्राजिल
२. कून महादेशमा मरुभुमी छैन ?
-युरोप
३. विशाल रातो धब्बायुक्त ग्रह कुन हो ?
-बृहस्पती
४. नेपालको पहिलो महिला रक्षामन्त्री को हुन ?
-बिध्या भण्डारी
५. काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो शहर कुन हो ?
-भक्तपुर
६. सन् २०१३ को साहित्य तर्फको नोबेल पुरस्कार कसले पाइन ?
उत्तर - एलिस मुनरो ( क्यानडा )
७. कुन प्र.म. को पालामा नेपालमा पात्रोको प्रकाशन शुरु भएको हो ?
-रणोदिप शाह
८. चिन तथा जापान बिच कुन टापुका लागि बिवाद हुने गरेको छ ?
-सेनकाकु
९. नेपालमा सर्वप्रथम कुन सालमा नगरपालिका गठन गरिएको थियो ?
-वि.स. 1986
१०. लगातार ८ वटा फर्मुला वान रेस जितेर माइकल सुमाकरको रेकर्ड तोड्ने रेसर को हुन ?
-सेबेस्टियन भिटेल ( जर्मनी )
११. प्रसिद्ध इन्टरनेट सर्च इन्जिन गुगलले नेपाली भाषामा शब्दलाइ रूपान्तरण गर्ने एप्लीकेशन कहिले देखी शुरु गरेको हो ?
- २०१३ डिसेम्बर ११
१. नेपालमा कर दिवस कहिलेबाट मनाउन थालिएको हो र पहिलो कर दिवसको नारा के रहेको थियो ?
– वि.सं २०६९ मंसिर १ गते नारा– करको चर्चा घर घरमा गरौँ, कर तिरौ राष्ट्र निर्माणमा सहभागी बनौं
२. एउटा शिक्षा साक्षरता अभियान २०१५ नेपालमा कहिलेबाट शुरुवात भएको हो ?
– वि.सं २०६९ चैत्र २२ गते
३. ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल २०१३ को प्रतिवेदन अनुसार नेपालमा सबैभन्दा भ्रष्ट क्षेत्र कुन हो ?
– राजनीतिक दल
४. फोर्ब्स पत्रिकाले सन्
२०१३ को अर्बपतिको सूचीमा सुचिकृत गरेकोमा उक्त पत्रिकामा पर्न सफल नेपालका पहिलो अर्बपति को हुन् ?
– विनोद चौधरी
५. सरकारले गरिबीको रेखामुनि रहेका घरपरिवार पहिचान गरी उनीहरुलाई परिचयपत्र दिने निर्देशिका कहिले पारित गर्यो ?
– वि.सं २०६९ भाद्र १८ गते
६. वि.सं २०६७ सालमा पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको नाममा स्थापना गरिएको कृष्ण प्रसाद भट्टराई पत्रकारिता पुरस्कार पहिलो पटक कसलाई प्रदान गरिएको थियो पत्रकार ?
– किशोर नेपाल
७. मुलुकभर चुरोट बिक्री गर्न प्रतिबन्द लगाईएको विश्वकै पहिलो दक्षिण एसियाली राष्ट्र कुन हो ?
– भुटान ( सन् २००४ बाट )
८. एकल महिलाले विधवा भएका दिनदेखि नै सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था कहिलेदेखि भएको हो?
– आ.व २०६८\ ६९
९. नेपालको कुल भु भागको कति प्रतिशत भु भाग नदिनाला, तालतलैया, सिमसार क्षेत्रले ओगटेको छ ?
– ७ प्रतिशत
१०. बि.बी.सी नेपाली सेवाका सम्पादक को हुन् ?
– रविन्द्र मिश्र